×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

नेपाल विरुद्ध खेल्न भारतको सिनियर टोली नै आउने, बलियो टोली घोषणा

११ भाद्र २०७८

११ भदौ, एजेन्सी ।
अर्को साता काठमाडौँमा हुने नेपाल र भारतबीचको दुई मैत्रीपूर्ण खेलका लागि भारतीय फुटबल टोलीको घोषणा भएको छ । कप्तान सुनिल क्षेत्रीसहित २५ सदस्यीय बलियो टोलीको बिहीबार घोषणा भएको छ ।

टोलीमा हालै एएफसी कप खेलेका एटलेटिको मोहन बगान र बैंगलुरु एफसीका अधिकांश मुख्य खेलाडीहरु सामेल छन् । अनुभवी डिफेन्डर सन्देश झिंगनलाई भने टोलीमा समेटेको छैन । उनी क्रोएसियाको एचएनके सिबेनिकमा गत महिना मात्र अनुबन्धन भएका थिए ।

Advertisement
Advertisement

मुख्य प्रशिक्षक इगोर स्टिम्याकले घोषणा गरेको टोलीमा कप्तान क्षेत्री सहित मनविर सिंह, पहिलो रोजाईका गोलरक्षक गुरप्रित सिंह सन्धु, अनिरुध थापा, बिपिन सिंह, मनविर सिंह, ग्लेन मार्टिन्स, प्रनय हल्दर जस्ता खेलाडीहरु पनि सामेल छन् । यसअघि नेपालसँग खेल्न यू-२३ टाेली पठाउन लागेकाे चर्चा चलेपनि भारतले बलियाे टाेली नेपाल पठाउन लागेकाे हाे ।

नेपाल र भारतबीच भदौ १७ र २० गते दशरथ रंगशालामा मैत्रीपूर्ण खेल हुन लागेको हो । ६ वर्षपछि यी दुई टोलीबीच दशरथ रंगशालामा प्रतिस्पर्धा हुन लागेको हो ।

सन् २०१५ मा विश्व कप छनोटका क्रममा नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदा खेल गोलरहित बराबरीमा टुंगिएको थियो । भारतमा भएको छनोटको पहिलो लेगमा भने नेपाल २–० ले पराजित भएको थियो ।

Advertisement

दुवै टोली साफ च्याम्पियनसिपको तयारीका क्रममा रहेका छन् । मैत्रीपूर्ण खेलपछि नेपाली टोली अन्तिम तयारीका लागि कतार जाने तयारीमा छ । असोज १५ गते देखि साफ च्याम्पियनसिप माल्दिभ्समा सुरु हुनेछ ।

भर्खरको समाचार

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

सम्बन्धित खबरहरु

Scroll to Top