एकीकृत समाजवादीले बनायाे पाँच सदस्यीय स्थायी कमिटी

Share this
777shares

११ भदाै, काठमाडौं।

Advertisement

माधव कुमार नेपाल नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले स्थायी कमिटीका रुपमा काम गर्नेगरी पाँचजना नेतालाई जिम्मेवारी तोकेको छ। नेकपा एमाले हुँदाकै पाँच जना रहेको स्थायी कमिटी कायम गरेर स्थायी कमिटी बनाएको हो ।

स्थायी कमिटीमा अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, मुकुन्द न्यौपाने, वेदुराम भुसाल र प्रमेश हमाल छन् । यो स्थायी कमिटी तत्कालका लागि मात्रै भएकाे केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले जानकारी दिए ।

Advertisement

उनले भने, ‘कमिटीगत प्रणाली बसाउन समय लाग्छ, तत्कालका लागि स्थायी कमिटीका रुपमा काम गर्नेगरी पार्टीले उहाँहरुलाई जिम्मेवारी दिएको हो।’

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top