फाइजरको खोप ल्याए भण्डारण गर्न समस्या हुने

नेपालले १२ वर्ष उमेरमाथिकालाई दिन मिल्ने फाइजरको खोप ल्याउन खोजे पनि भण्डारण कक्ष अभाव रहेको परिवार कल्याण महाशाखाले जनाएको छ। अमेरिकाले कोभ्याक्समार्फत अक्टोबरभित्र फाइजरको एक लाख डोज खोप दिने भएको छ। त्यस्तै सरकारले डिसेम्बरभित्र थप ४० लाख डोज खरिद गरी ल्याउन उत्पादक कम्पनीसँग सम्झौता गरिसकेको महाशाखाले जनाएको छ। नेपाल सरकारले अक्टोबरभित्र एकतिहाइ जनतालाई खोप दिइसक्ने जनाएको छ।

Advertisement

फाइजरको खोप भण्डारण स्थल बनाएर मात्र ल्याउन सकिने अवस्था छ। फाइजरको खोप माइनस ७० डिग्री ताफक्रममा मात्र भण्डारण गर्न मिल्छ। त्यसका लागि आवश्यक पर्ने फ्रिज नेपाली बजारमा नभएकाले अन्तर्राष्ट्रिय कम्पनीलाई अर्डर गरेरमात्र बनाउन मिल्छ। यसका लागि कम्तीमा ६ महिना लाग्न सक्छ। यस्तो अवस्थामा फाइजरको खोप आए भण्डारण र व्यवस्थापन गर्न कठिन हुने महाशाखा प्रमुख डा. तारानाथ पोखरेलले बताए। ‘फ्रिज खरिद टेन्डरदेखि अर्डरसम्मको प्रक्रिया पूरा गर्दा कम्तीमा ६ महिना लाग्ने देखिन्छ’, उनले भने।

फाइजरको खोपका लागि भण्डारण कक्षमात्र नभई त्यसको सञ्चालन गर्न तालिमप्राप्त जनशक्ति आवश्यक पर्छ। सो खोप राख्ने फ्रिज खरिद गर्दा महँगो पर्छ। यस्तो अवस्थामा अन्य खोपको तुलनामा फाइजरको खोप महँगो पर्ने देखिएको कोभिड १९ विरुद्धको खोप सल्लाहकार समितिका संयोजक डा. श्यामराज उपे्रतीले बताए।, यो समाचार आजको नागरिक दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top