×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

बेलयातका अर्का मन्त्रीद्वारा पनि राजीनामा

२६ असार २०७५

लण्डन, असार २६

बेलायतमा यहाँका दुई जना शक्तिशाली मन्त्रीले सोमबार राजिनामा गरेका छन्। प्रधानमन्त्री थेरेसा मेको मन्त्रिमण्डलका दुई मन्त्रीको राजीनामापछि उनले तत्कालका लागि राजनीतिक चुनौतीको सामना गर्नुपर्ने देखिएको राजनीतिक विश्लेषकको भनाइ छ ।

Advertisement
Advertisement

युरोपेली संघबाट बेलायतको बहिर्गमन विषयमा वार्तागर्ने जिम्मेवारी पाएका मन्त्री डेभिड डेभिसले सोमबार मध्यान्ह आफ्नो पदबाट राजीनामा दिएका थिए। सोमबारै केही समयको अन्तरालमा विदेशमन्त्री बोरिस जोनसनले पनि राजीनामा दिएपछि प्रधानमन्त्री मेका सामु चुनौती तेर्सिएको विश्लेषण गर्न थालिएको छ ।

बेलायतले युरोपेली संघ (इयु) छोडेपछि पनि उनीहरूसँग निकट व्यापार सम्बन्ध राख्ने मेको योजनासँग मतभेतको कारण ती मन्त्रीले राजीनामा दिएको बताइएको छ । डेभिसको राजीनामाले बे्रक्जिटसम्बन्धी मुद्दालाई प्रभाव पर्ने अनुमान भइरहेको अवस्थामा पुनःजोनसनको पनि राजीनामाले प्रधानमन्त्री मेको ब्रेक्जिटसम्बन्धी भावी योजना नै अप्ठ्यारोमा पर्न सक्ने विश्लेषकको भनाइ रहेको छ ।

जोनसनले राजीनामा गरेपछि उनको ठाउँमा स्वास्थ्यमन्त्री जेरेमी हन्टलाई नियुक्ति गरिएको छ । सोमबार अकस्मात बेलायतमा यसरी राजनीतिक परिवर्तन भएको हो । बेलायतले सन् २०१९ को मार्चमा युरोपेली संघबाट बाहिरिँदै छ । तर दुवै पक्षले त्यसपछि व्यापारबारे के गर्ने भन्ने विषयमा सहमति जनाउन बाँकी नै रहेको बताइएको छ ।
रासस

Advertisement

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top