अधिवेशनको माहौल बनेकाले अनशन स्थगित गराउन छलफल

११ भदौ ७८, शनिबार

१२ भदाै, काठमाडौँ ।

Advertisement

नेपाली काँग्रेसको संस्थापन इतर समूहले १४औँ महाधिवेशनका लागि निर्वाचनको वातावरण बन्दै गएकाले पार्टी कार्यालयमा केही दिनदेखि जारी अनशन स्थगित गराउन छलफल गरेको छ ।

पूर्व महामन्त्री प्रकाशमान सिंहको निवास चाक्सिबारीमा आज इतर समूहका नेता र जिल्ला सभापतिबीच भएको भेटमा जिल्ला सभापतिका मागप्रति केन्द्रीय सभापति सकारात्मक भएकाले जारी अनशन स्थगित गराउनका लागि छलफल गरिएको हो ।

Advertisement

अधिवेशन पूर्व क्रियाशील सदस्यताको नामावली सार्वजनिक गर्नुपर्ने, सबै जिल्लाका सभापतिको निर्वाचनमा एकरूपता ल्याउन निर्वाचन निर्देशिका संशोधन गर्नुपर्नेलगायत मागप्रति केन्द्रीय सभापति सकारात्मक भएकाले रिले अनशन स्थगित गरेर निर्वाचनमा जानका लागि सुझाव दिइएको पार्टीका पूर्व महामन्त्री सिंहले जानकारी दिए ।

“भदौ १८ मै देशभरका छ हजार ७४३ वडामा अधिवेशन सुरु गर्नु संवैधानिक बाध्यता भएकाले एकजुट भएर महाधिवेशनमा जानेबारे बैठकमा छलफल भएको छ”, उनले भने । विधि र नियमअनुसार नै निर्वाचनमा जाने माहौल बन्दै गएको पनि पूर्व महामन्त्री सिंहले चर्चा गरे ।

Advertisement

बैठकमा नेतासँगै काठमाडौँका सबुज बानियाँ, नुवाकोटका जगदीश्वरनरसिंह केसी, धादिङका रमेश धमलालगायत जिल्ला सभापतिको सहभागिता थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top