बंगलादेशमा डुंगा दुर्घटनामा परी २१ जनाको मृत्यु, ५० बेपत्ता

Share this
707shares

१२ भदौं, एजेन्सी ।

Advertisement

बंगलादेशको ब्राहमनबारिया जिल्लामा डुंगा दुर्घटना हुँदा २१ यात्रुको मृत्यु भएको छ । दुर्घटनामा परी २० जना घाइते भएका छन् भने ५० जना वेपत्ता छन् ।

शुक्रबार राति करिब १०० भन्दा बढी यात्रु बोकिरहेको डुंगा बिजयनगर क्षेत्रमा दुर्घटना भएको थियो । घटनाबारे प्रहरीले थप छानविन गर्ने जनाएको छ ।

Advertisement

डेली स्टार न्युजका अनुसार विपरीत दिशाबाट आइरहेको कार्गोले डुंगालाई ठक्कर दिँदा डुंगा पानीमुनि डुबेको थियो । दुर्घटना भएको क्षेत्र बंगलादेशको राजधानी ढाकादेखि ८२ किलोमिटरको दूरीमा छ ।

बंगलादेशका नदीमा हरेक वर्ष डुंगा दुर्घटना हुने गरेका छन् । गत मे महिनामा पदमा नदीमा डुंगा दुर्घटना हुँदा २७ मानिसको मृत्यु भएको थियो । सन २०१५ मा कार्गो बोट दुर्घटना हुँदा ७८ मानिसको मृत्यु भएको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top