रोहित चन्दले भारतविरुद्धको मैत्रीपूर्ण फुटबल नखेल्ने

१२ भदाै, काठमाडौं ।

Advertisement

नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य रोहित चन्दले भारतविरुद्धको मैत्रीपूर्ण खेल नखेल्ने भएका छन् ।

इन्डोनेसियामा पर्सिजा जकार्ताबाट शीर्ष डिभिजनको लिग खेलिरहेका रोहित मैत्रीपूर्ण खेलका लागि नेपाल नआउने भएका हुन् ।

Advertisement

राष्ट्रिय टिमको बन्द प्रशिक्षण छाडेर रोहित ९ दिन अघि इन्डोनेसिया गएका थिए । रोहितले शुक्रबार मात्र ८ दिनको क्वारेन्टाइनको समय पूरा गरेका छन् । रोहित मुख्य प्रशिक्षकको सल्लाहमा नै इन्डोनेसिया गएको बताइएको छ ।

भर्खर मात्र इन्डोनेसिया गएका रोहितले साफलाई महत्वमा राखेको हुनाले भारतविरुद्धको खेलमा नआउने भएका हुन् । उनले यसअघिकाे खेलमा रेड कार्ड पाएकाेले त्यसैपनि एक खेल गुमाउने थिए ।

Advertisement

नेपालले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्दैछ । मैत्रीपूर्ण खेल भदौ १७ र २० गते हुनेछ । मैत्रीपूर्ण खेलका लागि नेपाल र भारत दुवै देशले टोलीको घोषणा गरिसकेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top