प्रदेश १ मा २११ सिसी क्यामेरा बिग्रिए

१२ भदौ ७८, आइतबार

१३ भदौ, सुनसरी ।

भारतसँग सीमा जोडिएका सुनसरी, झापा, मोरङमा जडान गरिएका सिसी क्यामेरा बिग्रिएका छन् ।

करिब ३ वर्ष अघि प्रदेश सरकार र स्थानीय सरकार तथा विभिन्न संघसंस्थाको सहयोगमा जडान गरिएका सिसी क्यामेरा बिग्रिए पनि मर्मत नगरिँदा सुरक्षामा चुनौती थपिएको हो ।

Advertisement

प्रदेश १ का तीन सय ७४ स्थानमा सात सय २५ वटा सिसी क्यामेरामध्ये दुई सय ११ वटा बिग्रिएका हुन् । सहरका मुख्य सडक र चोकमा जडान गरिएका सिसी क्यामेरा चट्याङ, अनियमित विद्युत आपूर्ति र मर्मत सम्भारको अभावले प्रयोगविहीन बनेको प्रदेश १ ट्राफिक प्रहरी कार्यालयको तथ्यांक छ ।

सिसी क्यामेरा मर्मत नहुँदा सामान्य घटना पनि अनुसन्धान गर्दा लामो समय लाग्ने गरेको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक सुमनकुमार तिम्सिनाले बताए । ‘दुर्घटना भयो भने पनि अनुसन्धान गरेर पक्राउ गर्न समय लाग्ने गरेको छ,’ उनले भने, ‘सिसी क्यामेरा भएको भए त सजिलै पत्ता लगाउन सकिन्थ्यो ।’

अपराध नियन्त्रण र प्रमाण संकलनमा सिसी क्यामेराको उपयोग भइरहे पनि बिग्रिँदा सुरक्षा चुनौती बढ्दै गएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेन्द्र कार्कीले बताए ।

इटहरीको बुढीखोलादेखि सप्तकोशी नदीसम्म मुख्य सडकमा जडान गरिएका ३८ सिसी क्यामेरामध्ये ३६ वटा विग्रिएको उनको भनाइ छ ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top