बेलायतद्वारा काबुलबाट आफ्ना सबै नागरिक फिर्ता

१३ भदौ, काठमाडौं ।

Advertisement

बेलायतले तोकिएको समयभित्रै अफगानिस्तानको राजधानी काबुलबाट आफ्ना सबै नागरिक स्वदेश फिर्ता गरेको छ । शनिबार काबुलबाट बेलायती सेना बोकेको अन्तिम जहाज लन्डनतर्फ उडेको थियो ।

बेलायती सेना बोकेको अन्तिम विमान उड्नुअघि काबुलबाट अफगानिस्तानका लागि बेलायती दूत स्वदेश फर्किएका थिए । यससँगै बेलायतमा अफगानिस्तानको २० वर्ष लामो सैन्य आबद्धता अन्त्य भएको छ ।

Advertisement

पछिल्लो दुई सातामा काबुलबाट पाँच हजार सेनासँगै २२ सय बालबालिका र बेलायती सेनाका ८ हजार पूर्व कर्मचारी तथा उनका सन्तान छन् ।

गत जनवरीमा अमेरिकी सेना र तालिवानबीच कतारको दोहामा भएको शान्ति सम्झौतामा अमेरिकी नेतृत्वको विदेशी सेनाले ३१ अगस्टभित्र अफगानिस्तानबाट आफ्ना सम्पूर्ण सेना फर्काउनुपर्ने उल्लेख छ ।

Advertisement

तोकिएको समयभित्र सबै सेना फिर्ता नगरे कारबाही गरिने तालिवानले चेतावनी दिएको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले दुई दिनभित्र आफ्ना सबै सेना र अफगानिस्तानमा रहेका नागरिक काबुलबाट फिर्ता गर्न तीब्र गतिमा कार्य भइरहेको बताएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top