प्रदेश २ मा दुई मन्त्रीको जिम्मेवारी हेरफेर

१२ भदौ ७८, आइतबार

१३ भदौ, महोत्तरी ।

प्रदेश २ का दुई मन्त्रीको जिम्मेवारी हेरफेर गरिएको छ । आइतवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले दिएको जानकारीअनुसार प्रदेशका मन्त्री विजय यादव र शैलेन्द्र साहको जिम्मेवारी हेरफेर गरिएको हो ।

आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मेवारी शैलेन्द्र साहलाई दिइएको छ भने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी विजय यादवलाई दिइएको छ । यसअघि यादवले आर्थिक मामिला मन्त्रीका रूपमा र साहले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीका रूपमा कार्यसम्पादन गर्दै आएका थिए ।

मुख्यमन्त्री राउत र मन्त्री यादवबीच प्रदेश सरकार गठनदेखि नै तिक्तता रहँदै आएको थियो । मुख्यमन्त्री बन्ने दाउमा रहेका यादवलाई पन्छाएर जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले राउतलाई मुख्यमन्त्री रोजेपछि यी दुवैबीच झन् टकराव बढेको थियो ।

आर्थिक मामिला तथा योजना मन्त्रालय सम्हालेका मन्त्री यादवले मुख्यमन्त्री राउतलाई बजेट विनियोजन, नीति तथा कार्यक्रम र अन्य आर्थिक गतिविधिमा अवरोध गर्दै आइरहेका थिए ।

प्रदेश सरकारका एक मन्त्रीका अनुसार पार्टी अध्यक्ष यादव र मुख्यमन्त्री राउतकै सल्लाहमा दुई मन्त्रीको जिम्मेवारी हेरफेर गरिएको हो ।

भर्खरको समाचार

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

सम्बन्धित समाचार

Scroll to Top