एमालेले कारबाही गरेका १४ जना सांसदलाई पदमुक्त गर्न नमिल्ले सभामुख सापकोटाको निर्णय

१३ भदौ, काठमाडौं ।

नेकपा एमालेले कारबाही गर्दै सांसद पदबाट मुक्त गर्न संसद सचिवालयलाई जानकारी दिए पनि सभामुख अग्निप्रसाद सापकोटाले उनीहरुलाई पदमुक्त गर्न नमिल्ने निर्णय गरेका छन् । आइतबार सभामुख सापकोटाले उनीहरुमाथि गरिएको कारबाहीको सूचना प्रकाशित नगर्ने निर्णय गरेको संसद सचिवालय स्रोतले जनायो ।

एमालेले पार्टी विभाजनमा लागेका माधवकुमार नेपाललगायत १४ जना प्रतिनिधिसभाका सांसदलाई कारबाही गर्दै पदमुक्तका लागि भदौ १ गते संसद सचिवालयलाई पत्र लेखेको थियो । तर, सभामुख सापकोटाले उनीहरुलाई कारबाही गरिएको सूचना नटासेपछि उनीहरु पदमुक्त भएका थिएनन् ।

माधवकुमार नेपाललागयत कारबाहीमा परेका सबै तथा थप अन्य सांसदहरुले भदौ २ मा निर्वाचन आयोगमा अर्को दल दर्ताका लागि निवेदन दिएका थिए ।

निर्वाचन आयोगले यही भदौ ९ गते माधवकुमार नेपालको दल नेकपा (एकीकृत समाजवादी)लाई दल दर्ताको प्रमाण पत्र दिएको थियो । दल दर्तापछि आयोगले संसद सचिवालयलाई नयाँ दल गठन भएको विषयमासमेत जानकारी दिइसकेको छ ।

संसद सचिवलायले स्रोतले भन्यो, ‘कारबाहीमा परेका सांसदहरु अब अर्को दलका सांसदहरु भइसकेकाले उनीहरुमाथि कारबाही गर्न नमिल्ने सभामुखले निर्णय गर्नु भएको छ ।’

निर्वाचन आयोगले दल दर्ताको प्रमाण पत्र दिनुअघि नै १४ जनालाई सांसद पदबाट मुक्त गर्न भन्दै एमाले सांसदहरुले सभामुख सापकोटाको कार्यकक्षमा धर्नासमेत दिएका थिए । यही विषयलाई लिएर एमाले र सभामुख सापकोटाबीचको सम्बन्ध बिग्रेको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top