भदौ तेस्रो सातादेखि देशभर लाइसेन्स परीक्षा

काठमाडौं : चार महिनादेखि रोकिएको सवारी चालक अनुमतिपत्रको परीक्षा पुनःसुरु हुने भएको छ । लिखित र प्रयोगात्मक परीक्षा (ट्रायल) दुवै भदौ तेस्रो सातादेखि सुरु हुने भएको हो ।

Advertisement

यातायात व्यवस्था विभागले मातहतका कार्यालयहरुलाई भदौ १० गते नै परिपत्र गरी तोकिएको स्वास्थ्य मापदण्ड पूरा गरेर सवारी चालक अनुमतिपत्रको लिखित तथा ट्रायल परीक्षा सञ्चालन गर्न निर्देशन दिएको छ । विभागका निर्देशक डा.लोकनाथ भेसालले भने, “सता दिनको समय राखेर सूचना प्रकाशन गरी परीक्षा सञ्चालन गर्न निर्देशन भएको छ । सोही अनुसार कार्यालयहरुले आन्तरिक तयारी पूरा गरी परीक्षा सञ्चालन गर्नेछन् ।”

यता, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको ललितपुर सवारी चालक अनुमतिपत्र कार्यालयले २० भदौदेखि सञ्चालन गर्ने गरी आइतबार सूचना प्रकाशित गरेको छ । जसअन्तर्गत प्रयोगात्मक परीक्षाको लागि आवेदन दिई बायोमेट्रिक गरेका लिखित परीक्षामा संलग्न हुने परीक्षाहरु, लिखित परीक्षा दिई प्रयोगात्मक परीक्षामा सहभागी सम्पूर्ण परीक्षार्थीहरु, प्रयोगात्मक परीक्षामा अनुर्तीर्ण भई पुनः सहभागी हुन बाँकि परीक्षार्थी तथा कार्यालयमा उपस्थित भई वर्गा थपका लागि राजस्व बुझाइसकेका सेवाग्राहीको लागि परीक्षा सञ्चालन हुनेछ ।,याे समाचार कारोबार दैनिकमा छापिएकाे छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top