अमेरिकाले अफगानिस्तानमा रहेका आईएस विरुद्धको आक्रमणलाई निरन्तरता दिने

१४ भदौ, एजेनसी ।

अमेरिकाले अफगानिस्तानमा रहेका इस्लामिक स्टेट आईएस विरुद्धको आक्रमणलाई निरन्तरता दिने बताएको छ । काबुल विमानस्थलमा भएको आक्रमण पछि त्यहाँका आईएस विरुद्धको आक्रमणलाई निरन्तरता दिने अमेरिकाले जनाएको हो ।

अमेरिकाको राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिवनले आईएसलाई परास्त गर्न दोस्रो अभियान सुरु गर्ने पनि बताउनु भएको छ । काबुल विमानस्थलमा हिजो फेरि विस्फोट भएको थियो । तर, त्यसअघि अमेरिकाले विस्फोटक सामग्री लोड गरिएको गाडीलाई निसाना बनाएर ड्रोन आक्रमण गरेको थियो ।

काबुल विमानस्थलमा आक्रमणका लागि लगिँदै गरिएको विस्फोटक सामग्री नष्ट गर्न र आत्मरक्षाका लागि आक्रमण गरेको अमेरिकाले पुष्टि गरेको छ । यसले आईएसबाट हुने सम्भावित आक्रमण टरेको पनि अमेरिकाले जनाएको छ ।

काबुल विमानस्थलमा १३ जना अमेरिकी सैनिकसहित १७० जनाको ज्यान जाने गरी केही दिन अघि भएको आक्रमण पछि अमेरिकाले आईएस विरुद्ध गरेको यो दोस्रो आक्रमण हो । अमेरिकी राष्ट्रपति जो बाइडेनले काबुल विमानस्थलमा आक्रमण गर्नेलाई कुनै पनि हालतमा नछोड्ने बताएका थिए ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top