मन्त्रालय भागवण्डा टुंगिन सकेन, आज मन्त्रिपरिषद् विस्तार नहुने

१४ भदौ, काठमाडौं ।

Advertisement

आज पनि मन्त्रिपरिषद् विस्तार नहुने भएको छ। यसअघि आइतबार सम्पन्न शीर्षनेताको बैठकले आज सरकारलाई पूर्णता दिने निर्णय गरेका थिए।

आजै टुंग्याउने तयारी गरिए पनि गठबन्धनका दलबीच कतिपय विषयमा छलफल गर्नुपर्ने भएकाले सम्भव नभएको बालुवाटार स्रोतले बताएको छ।

Advertisement

मंगलबारसम्म आन्तरिक तयारी सकेर बुधबार सरकारलाई पूर्णत दिने आफू निकट नेतासँगको भेटमा प्रभानमन्त्री शेरबहादुर देउवाले बताएको एक नेताले जानकारी दिए।

यता सरकार गठनका विषयमा छलफल गर्न आज पनि गठन्धनका दलको बैठक बस्न लागेको माओवादी केन्द्रका एक नेताले बताए। आजको बैठकले मन्त्रालय बाँडफाँटको विषय टुंगो लगाउने उनको भनाइ छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top