मैत्रीपूर्ण फुटबल खेल्न भारतीय टोली आज नेपाल आउँदै

१३ भदौ ७८, सोमबार

१४ भदौ, काठमाडौं ।

Advertisement

नेपालविरुद्ध दुई मैत्रीपूर्ण फुटबल खेलका लागि भारतीय फुटबल टोली आज सोमबार नेपाल आउँदैछ ।

१७ र २० भदौमा दशरथ रंगशालामा हुने दुई मैत्रीपूर्ण खेलका लागि भारतीय फुटबलको ३७ सदस्यीय टोली आउन लागेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जानकारी दिएको छ । दुवै खेलले फिफा मान्यता पाएका छन् ।

Advertisement

एन्फाका महासचिव इन्द्रमान तुलाधरले २५ खेलाडी तथा १२ अफिसियल साँझ ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम रहेको न्यूज कारखानालाई बताए ।

गत बिहीबार अल इण्डियन फुटबल फेडेरेशन (एआइएफएफ)ले २५ सदस्यीय टोली घोषणा गरेको हो । घोषित टिमको कप्तान सुनिल क्षेत्री छन् । यस्तै गोलरक्षक गुरप्रीत सिंह सन्धु समेत नेपाल भ्रमणमा रहनेछन् ।

Advertisement

नेपाल भ्रमणमा रहँदा भारतीय टोली होटल सोल्टी क्राउनमा बस्ने महासचिव तुलाधरले बताए । टोलीले सातदोबाटो स्थित एन्फा मैदान, दशरथ रंगशाला र आर्मी मैदानमा अभ्यास गर्ने कार्यक्रम छ ।

नेपालले समेत भारतविरुद्ध खेलका लागि टोली घोषणा गरिसकेको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले किरण चेम्जोङको कप्तानीमा २५ सदस्यीय टोली छनोट गरेका थिए । १५ दिन पोखरामा अभ्यास गरेपछि नेपाली टोली आइतबार काठमाडौं फर्किएको हो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top