विराटनगर डिपोमा पार्किङ गरिएको डिजेलसहितको ट्यांकर चोरी, भाग्दै गर्दा पक्राउ

१४ भदौ, विराटनगर ।
नेपाल आयल निगम विराटनगर डिपोको पार्किङमा राखिएको ट्यांकर चोरी भएको छ । ना ४ ख ४६९ नम्बरको सो डिजेलसहितको ट्याङ्कर आइतबार राति करिब साढे १ बजे चोरी भएको जनाइएको छ ।

चोरीको आरोपमा प्रहरीले विराटनगर महानगरपालिका– ४ का २६ वर्षीय श्रवणकुमार यादवलाई पक्राउ गरेको छ । यादवले राति ट्यांकर लिएर भाग्दै गर्दा बूढीगंगा गाउँपालिका–३ बाँसबारीबाट ट्यांकरसहित उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कायालय मोरङले जनाएको छ । यादव निगमका पूर्व चालक हुन् । उनले केही महिना अघि जागिर छाडेका थिए ।

पक्राउ परेका यादवमाथि अनुसन्धान भइरहेको सो कार्यालयले जनाएको छ । चालक यामकुमार खनाल सुत्न र सहचालक शिव खनाल शौचालय गएको मौकामा चाबी खुला नै रहेको ट्यांकर चोरी गरेको खुलेको प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानमा चोरीमा यादवसहित चार–पाँच जनाको संलग्नता देखिएको र अन्यको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top