अबको केही दिनमै काठमाडौंको फोहोर व्यवस्थापन गरिन्छ : मेयर शाक्य

केही समय यता काठमाडौं उपत्यकाको फोहोर सडकमा थुप्रिरहेको छ । काठमाडौं उपत्यकाका विभिन्न स्थानहरुमा फोहोरको डंगुर देख्न सकिन्छ । सधैँ फोहोर व्यवस्थापन भइरहेको सिसडोल ओखरपौवाका बासिन्दाले मानव बस्तीमा फोहोर फालेर सरकारले त्यसको उचित व्यवस्थापन नगरेको र त्यसले समाजमा विभिन्न समस्या पैदा भइरहेको भन्दै बिरोध जनाएपछि काठमाडौं उपत्यकाका सडक सडकमा फोहोरको थुप्रो देखिन थालेको हो । फोहोर उठ्न नसक्नुको अर्को कारण भनेको सिसडोल जाने मोटरबाटो बन्न नसक्नु रहेको काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बताए । उनले वर्षायाममा अझ विशेष गरेर यस वर्ष धेरै पानी परेकोले बाटो हिलाम्मे भएको र फोहोरका गाडीहरु जानै नसक्ने अवस्थाले फोहोर थुप्रिएको बताए । मेयर शाक्यका अनुसार आजको प्रधानमन्त्रीसँगको भेटभाटपछि प्रधानमन्त्रीले तत्काल सडक विभागलाई बाटो अस्थायी रुपमा भनेपनि निर्माण गरिदिन निर्देशन दिनुभएको र अबको केही दिनमै फोहोर व्यवस्थापन गरिनेछ । मेयर शाक्यले यो समस्या सबैको भएकोले कसैलाई दोष नदिने बताउँदै सबैले आ आफ्नो क्षेत्रबाट सहयोग गरे उपत्यकाको फोहोर व्यवस्थापन गर्न समय नलाग्ने बताए । यसै सम्बन्धमा न्यूज एजेन्सी नेपालले काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यसँग गरेको कुराकानीको सम्पादित अंश यस्तो छ ।

काठमाडौंमा फोहोर थुप्रिरहेको छ, उठिरहेको छैन नि किन ?

काठमाडौंको फोहोर उठ्न नसक्नुको पहिलो कारण, अहिले दुई वटा कारण आएको छ । एउटा नयाँ थप सिर्जना भएको छ । पहिलो कारण भनेको पहिला पहिला पनि वर्षात्मा केही दिन यसरी नै समस्या हुन्थ्यो । तर यसपालिको निरुन्तर वर्षाले पहिलाको भन्दा अलि बढी नै समस्या पारेको देखियो । हामीले जहाँ फोहोर व्यवस्थापन गरिरहेका छौँ त्यहाँको बाटो गाडी जान सक्ने स्थिती नै रहेन । हामीले सिसडोलमा फोहोर व्यवस्थापन गर्दै आइरहेका छौँ त्यहाँ गाडी जान नसकेको कारणले फोहोर उठाउन नसकिएको हो । अहिले पनि केही केही गाडीहरु गइरहेका छन् । तर जुन अनुपातमा नियमित रुपमा जानुपर्ने हो त्यो जान सकेका छैनन् । त्यसको लागि हामी पहल गरिरहेका छौँ । हामी काठमाडौं महानगरपालिका आफैँले गर्नुपर्ने कामको लागि आफैँ पहल गरिरहेका छौँ । नेपाल सरकारका विभिन्न निकायहरुसँग पहिला पनि हाम्रो सहकार्य थियो । अहिले पनि हामी सहकार्य गरिरहेका छौँ । विशेष त सबैलाई थाहा भएकै कुरा हो । यो अहिलेको मात्र समस्या होइन । यो लामो समय काठमाडौंको फोहोरको समस्या छ । पहिला मुल पानीमा पनि व्यवस्थापन गर्दा यस्तै समस्या थियो । मुलपानीबाट हामीले विष्णुमति किनारमा पनि फोहोर व्यवस्थापन गर्यौं । त्यसपछि हामी सिस्डोल गयौँ । सिस्डोल गइसकेपछि पनि हामीले २ वर्षको भनेर लियौँ । अब १६ वर्ष भइसक्यो । अब १६ वर्षको गाली मैले खानुपरेको छ । त्यहाँ पनि विभिन्न सरकारका विभिन्न निकायहरुले बनाउने भनेर जिम्मा लिएको थियो । त्यो अनुसार बन्न सकेन । त्यही भएर २ वर्ष सिसडोलमा राख्ने त्यसपछि बञ्चरे डाँडालाई डम्पिङ साइट बनाउने भनेर निर्णय गरिएको थियो त्यो अनुसार काम अगाडि बढ्यो झन्डै १७९० रोपनी जग्गा अधिग्रहण पनि गरिसक्यो तर बनाउनु पर्ने ल्याण्डफिल्ड साइट नबनिराखेको अवस्थामा हामी निर्वाचित भइसकेपछि हामीले पनि त्यो बेला यस्तै समस्या भोगिसकेपछि उपत्यका नगरपालिका फोरमको तर्फबाट हामीले पहल पनि गर्न गयौँ । उपत्यका नगरपालिका फोरम सबैको फोहोर त्यहाँ गयो । अहिले काठमाडौं नगरपालिका मात्रैको होइन, ललितपुरमा हेरे पनि त्यस्तै छ, ठिमीमा हेरेपनि त्यस्तै छ, अरु नगरपालिकामा हेरे पनि त्यस्तै छ, सबै तिर फोहोर थुप्रिएको छ, यो एउटा महानगरको मेयरको मात्र चिन्ताको विषय होइन, समग्र उपत्यकाको हो, त्यसैले संघ र प्रदेश सरकारले पनि ध्यान दिनुपर्ने विषय हो । यो महानगरको मेयरले मात्रै गर्छ भनेर सबै पन्छिएर होइन, यस्तो बेलामा सबै मिलेर, सबैले स्वामित्व लिएर, सबैले जिम्मेवारी बहन गरेर समाधान तिर लाग्नुपर्छ ।

म सम्झाउन चाहन्छु, त्यो बेला म काठमाडौंको मेयर, ललितपुरको मेयर साब लगायतका मेयर गएर तत्कालीन संघीय मामिला तथा स्थानीय विकास मन्त्री, हाम्रो विभागीय मन्त्री भनौँ उहाँकोमा गएर एउटा ज्ञापन पत्र बुझाएर डेलिकेशन जस्तो गर्यौं । हामीले ३ वटा कुरा लिएर गएका थियौँ । एउटा बञ्चरे डाँडो छिटो भन्दा छिटो सकाएर हामीलाई ह्याण्डओभर गर्नुपर्यो, अर्को सिसडोलदेखि बञ्चरे डाँडाको बाटो बनाइदिनुपर्यो । र अर्को बालाजुदेखि त्रिशुलीसम्मको पासाङ ल्हामू राजमार्ग टेण्डर भएको धेरै पहिला अगाडि देखि हो काम कम्प्लिट (पूरा) भएन, त्यो काम कम्प्लिट नभएको कारणले त्यहाँको स्थानीयवासीहरु ओहोरदोहोर गर्न सास्ती भयो, जसकारण कहिले काहीँ फोहोर रोकिन्छन्, त्यो नहुन दिनको लागि टेण्डर लगाइसकेको काम मात्र सम्पन्न गरिदिनुपर्यो भनेर भनेका थियौँ । त्यो बेला सरकारले तुरुन्तै ३ वटा काम गरिदिने भनेर जिम्मेवारुी पनि लिनुभयो, बञ्चरे डाँडो काम पनि शुरु भयो, यतातिर बाटो बनाउने काम पनि शुरु भयो । तर त्यो बीचमा यो फोहोर अर्को एक वर्ष डंगुर थपियो । हिजो खाल्डो थियो, अहिले फोहोरको पहाड बनिसक्यो । त्यहाँ एकपटक फील्ड (क्षेत्र) मा गएर देखिसकेपछि आफैँले त्यहाँका स्थानीयवासीहरु कसरी बसिरहेका छन् होला भनेर पीडा पोख्छन् । यो त अमानवीय नै भयो, हाम्रो फोहोरले अर्काको घर छेकिसक्यो, उनीहरु कसरी बसिरहेका छन् भन्ने हुन्छ । त्यो सबै समाधान गर्नलाई हामी नियमित रुपमा नेपाल सरकारका सम्बन्धित मन्त्रालयहरुसँग सहकार्यमा छौँ । हाम्रो वातावरण विभाग छ, विभाग मार्फत् त्यहाँ सम्पर्क गराइरहेका थियौँ । त्यसको नि काम गर्ने भनेर सबै निर्णय भयो । माइनट पनि सबै भयो । त्यही अनुसार काम नभइदिँदा गएको भदौ ८ गते मैले नै सम्माननीय प्रधानमन्त्री ज्यूसँग पत्राचार पनि गरेँ । त्यसलाई सहजीकरण गरिदिनुहुन भनेर । पहिला पनि सम्माननीय प्रधानमन्त्री, मन्त्री, शहरी विकास राज्यमन्त्री हुँदा रामवीर मानन्धर ज्यूलाई धेरै भने, उहाँले धेरै पहल पनि गर्नुभयो । तर पहल गदागर्दै पनि काम भएन । पहल भयो रिजल्ट आएन । रिजल्ट नआइसकेपछि अलि समस्या आएको छ । अहिले पनि समस्या समाधानका लागि वातावरण विभागबाट नियमित सम्पर्कमा छौँ । म आफैँले नि भाद्र ८ गते सम्माननीय प्रधानमन्त्री ज्यूलाई जानकारी गराउन मैले नै चिठी लेखेर सहजीकरण गरिदिनु होला वा सम्बन्धित मन्त्रालयलाई घच्घच्याइ दिनुहोला भनेर पत्राचार गरेको थिएँ । त्यसपछि उहाँसँग भेट्नलाई समय पनि खोजिरहेको थिएँ, आज समय पाएर भेटेर पनि आएँ । उहाँले हाम्रो अगाडि नै फोन गरेर सडक विभागलाई छिटो भन्दा छिटो आजै बनाइदेउ भोलिदेखि फोहोर उठ्नुपर्छ भनेर निर्देशन दिनुभएको छ । अब बञ्चरे डाँडा बन्दै गर्ला, त्यो केही समय लाग्ला तर अहिले जहाँ फोहोर व्यवस्थापन गरिरहेका छौँ, त्यहाँ गाडी जान सक्ने गरी हिलाम्मे पानीलाई अस्थायी रुपमा भएपनि गाडी चल्ने गरी बनाइदेउ भनेर सडक विभागलाई भनेको छ । हामीले पनि सडक विभागलाई पटक पटक भनेका छौँ । पैसा हामी दिन्छौँ, बाटो तपाईले बनाइदिनुस् । पैसा हामी खर्च गर्न सक्छौँ, यस्तो बेलामा अरु सबै पैसा कटौति गरेर यता खर्च गर्छौं, जति लागेपनि खर्च गर्छौं, बाटो तपाईहरुले बनाइदिनुस् भनेर सडक विभागलाई भनेका छौँ । सम्माननीय प्रधानमन्त्रीले मेरै अगाडि तुरुन्तै आफैँले फोन गरेर यो बाटो आजै बनाइदेउ भनेर सडक विभागलाई निर्देशन दिनुुभएको छ । आज बनाइदियो भने भोलिदेखि नै हामी फोहोर उठाउँछौं । यहाँ पानी परेर केही हुँदैन, तर सिसडोलमा हिलाम्मे हुनुभएन । हामीले फोहोर व्यवस्थापन गर्नै ठाउँमा बाटो बन्यो भने भोलिदेखि नै फोहोर उठाउँछौँ । हामीसँग भएको साधनले भ्याएन भने अरु गाडी भाडामा ल्याएर भए पनि हामी रातारात भएपनि त्यो फोहोर उठाउँछौँ । यो दुई÷तीन दिन भित्रमा काठमाडौंलाई पहिला जस्तै सफा गर्छौं, त्यहाँ ब्रुमर लाउनुपर्ने कामदेखि सबै काम हामी गर्छौं ।

बाटो हिजो पनि बिग्रियो फोहोर रोकियो, आज पनि बिग्रियो फोहोर रोकियो, बाटो नबन्नुमा कसको तदारुकता पुगेन, कसले गर्छु भनेको काम गरेन, बाटो बनाउनु पर्ने काम कसको थियो ?

बाटो कसको भन्ने जिम्मा छैन, त्यो फोहोर काठमाडौं महानगरपालिकाको जिम्मेवारी भयो भने काठमाडौं महानगरपालिकाले मात्रै चिन्ता लिए पुग्छ । ललितपुरमै फोहोर छ, अन्य कुनैपनि नगरपालिकामा फोहोर थुप्रिएका छन् । अब त्यो कसको जिम्मेवारी ? महानगरको मेयरको जिम्मेवारी हो ? त्यसरी बुझ्नु हुँदैन । तर हामी सबै जिम्मेवार छौँ । जनप्रतिनिधि भनेको चाहे संघीय सरकार, चाहे प्रदेश सरकार, चाहे स्थानीय सरकार, हामी उपत्यकाका नगरपालिकाका मेयरहरु सबै एकै ठाउँ बसिराखेका छौँ । यो समाधान गर्नको लागि हामीले त्यसबेला पनि उपत्यका नगरपालिका फोरमकै तर्फबाट कुरा गरेका थियौँ । आज पनि प्रधानमन्त्री ज्यूलाई भेट्न म र उपमेयर दुवै गइरहेका छौँ,े फोहोर माथिको बाटो बनाउने की नबनाउने ? भनेर कहिले काहीँ माथि कुरा पनि उठ्छ । किनभने हामीले विकल्प अर्को खोजिरहेका छौँ । उता बाटो खुल्नासाथ यो बाटो चाहिएन । किन वैकल्पिक बाटो बनाउने भनेर कहिले प्रश्न नउठेका पनि होइनन् । तर त्यति हुँदा हुँदै पन िहामीले केही दिनको लागि अस्थायी रुपमा भएपनि बाटो बन्नेपर्छ भनेका छौँ । पानी पर्दा बाटो जाम हुने, पोहोर साल पनि त्यस्तै भएको हो, तर लामो समय भएन, हामीले रातारात लग्यौँ । अरु गाडी भाडामा लिएर पनि लग्यौँ । धेरैले चालै पाएनन्, त्यति महशुस गरेनन् । तर यसपालि अलिकति लम्बिन गयो । अहिले पनि दिनदिनै मौसम हेर्यो भने पानी परिरहेको छ । कहिले काहीँ महिनामा घाम लाग्दे हुन्थ्यो जस्तो लाग्छ । घाम लागे २ दिनभित्रमा सडकमा आइसकेको फोहोर त उठाइसक्थ्यौँ भन्ने लाग्छ, त्यो प्राकृतिक कुरा हो, हामी भन्दा बाहिरको कुरा हो । त्यसकारण बाटो बनाउन त हाम्ीले अस्थायी रुपमा त सधैँ बनायौँ । ग्राभलिङ गर्यौं । कहिले अस्ति पहिरो पनि आयो । अहिले फोहोर थुपारेर फोहोरमाथि बाटो बनाउनाले स्थायी भएन । कुनै पनि बेला गाडी दुर्घटनामा पर्न सक्ने सम्भावना पनि छ । त्यसकारण हामीले गुहारीरहेको भनेको सडक विभागसँग हो । पैसा हामी खर्च गर्छौं । पैसा हामी तपाईहरुले राखिदिनुपर्यो भन्दैनौ । कोरोनाको विषयमा को जिममेवार, भेन्लिेटर हामीले जिम्मा दियौँ, मानव बचाउने हाम्रो जिम्मा हो, जसको जिम्मेवारी भए पनि हाम्रो अहिलेको चिन्ता भनेको यहाँ फोहोर थुप्रिएको कारणले रोग फैलिने हो कि ? कोरोनाको त्रास त एउटा छ, नयाँ रोग आउने भन्ने चिन्त् पनि छ । त्यसकारण छिटो भन्दा छिटो व्यवस्थापन गरिदिनु पर्यो । जसको जिम्मेवारी भएपनि । म यसको उसको भनेर कसैलाई दोष लाउन चाहन्न । किनभने दोष लगाएर आफू मुक्त हुने पनि होइन । एउटा जिम्मेवारी त आफू पनि लिन्छु । यो सबै मेयरले गर्छ भनेपनि म सबै संघ, प्रदेश र स्थानीयहरुको तर्फबाट काठमाडौं महानगरपालिकाको मेयरको हैसियतले नैतिक जिममेवारी मेरो पनि हो । त्यसैले जिम्मेवारी आफैँले महशुस गर्ने हो । किनभने मैले महानगरको फोहोर व्यवस्थापन मात्रै होइन, उपत्यकाको फोहोर व्यवस्थापनको समस्या हो, त्यसैले यो सबैले मेरो भनेर जिम्मेवारी भनेर सम्झिदियो भने आफैँ हल हुन्छ ।

भर्खरको समाचार

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

सम्बन्धित समाचार

Scroll to Top