×

NEPAL TIMES UPDATES

Playing
अन्तरजातीय प्रेम विवाह, बालविवाहको मुद्दामा हिरासतभित्रै मृ त्यु || Nepal Times
Apr 24, 2026
Playing
निजामती विधेयकमा ५० नयाँ व्यवस्था,ट्रेड युनियन खारेज || Nepal Times
Apr 24, 2026
Playing
फेरि पूर्वमन्त्री प क्राउ, राप्रपा उपाध्यक्ष विक्रम पाण्डे नियन्त्रणमा || Nepal Times
Apr 24, 2026
Playing
रवि र सुधनको गृहमन्त्रीको कार्यकाल, फरक समय तर उस्तै नियति || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासीका लागि बोले बालेन: डुबानबाट जोगाउन व्यवस्थापन || Nepal Times
Apr 24, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-11-2083 || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासी उठाउनेदेखि बसोबास र उपचारसम्म, मन्त्रीस्तरीय ११ निर्णय || Nepal Times
Apr 24, 2026
Playing
विमानस्थलका लाइन र रित्तो गाउँःपुनर्जीवन दिने बालेनको ’कमान्ड’ || Nepal Times
Apr 24, 2026
Playing
नक्कली र सक्कली सुकुम्बासी नछुट्याई किन चल्दैछ डोजर ? || Nepal Times
Apr 24, 2026
Playing
ट्रम्पले अब ७ दिनमात्र जारी राख्न पाउँछन् इरान युद्ध, त्यसपछि के हुन्छ ? || Nepal Times
Apr 24, 2026

मनाङमा बाढीकाे असर : विद्यालयबाट खोला बग्यो, अन्योलमा पठनपाठन

१५ भाद्र २०७८

१५ भदौ, मनाङ।

बाढीपहिराले मनाङ भौतिक संरचनामा पूर्ण रुपमा क्षति पुगेको छ । यसका कारण बालबालिका शिक्षाको अधिकारबाट पनि वञ्चित भएका छन् । गत असार १ गते ममर्स्याङदी नदीमा आएको बाढीले मनाङका २८ विद्यालयमध्ये चार विद्यालयमा क्षति पुगेको छ ।

Advertisement
Advertisement

जिल्लाका चार माविमा मनाङ ङिस्याङ गाउँपालिका–६ मनाङ गाउँस्थित अन्नपूर्ण मावि मात्रै बाढीबाट जोगिएको शिक्षा विकास तथा समन्वय एकाइ मनाङका प्रमुख नारायणप्रसाद रेग्मीले जानकारी दिए । उनका अनुसार तीन माध्यमिक र एक आधारभूत विद्यालयमा धेरै क्षति पुगेको छ । यी विद्यालयहरुमा पठनपाठन गराउन सक्ने अवस्था नरहेको उनको भनाइ छ ।

जिल्लाका नमूना विद्यालयका रुपमा रहेको लोकप्रिय मावि र प्रकाश ज्योति माविको आधा भाग बाढीले बगाएको छ भने पठनपाठन गर्न सकिने अवस्था नरहेको रेग्मीले बताए । नासों गाउँपालिका–१ ताल गाउँस्थित भानु माविमा हालसम्म पनि ममर्स्याङदी नदी बगिरहेको छ । ताल गाउँको बस्तीसँगै विद्यालय पनि पूर्ण रुपमा जोखिममा छ ।

चारवटा मात्रै मावि रहेको मनाङका विद्यालयमा खोला पसेपछि विद्यार्थीको भविष्य अनिश्चित बनेको शिक्षाप्रमुख रेग्मीले बताए । ‘कोरोनासँगै बाढीपहिराको जोखिममा रहेका बालबालिकाको पढाइ सुनिश्चित गर्न सम्बन्धित निकायसँग बारम्बार समन्वय गरिरहका छौँ, बस्ती नै जोखिम रहेको र स्थानान्तरण गर्नुपर्ने भएकाले विद्यालयको भौतिक संरचना कहाँ बनाउने यो विषयमा छलफलकै प्रक्रियामा रहेको छ,’ रेग्मीले भने ।

विद्यालयमा अझै पनि नदी बगिरहेको छ, अब बस्ती जता स्थानान्तरण हुन्छ त्यतै बालबालिकाको पठनपाठन गर्ने स्थान पनि निश्चित हुने अपेक्षा गरिएको भानु माविका प्रधानाध्यापक श्यामकृष्ण पन्तले जानकारी दिए ।

‘विद्यालयको भवन हुँदा पठनपाठन रोकियो, कोरोना भाइरसको सङ्क्रमणको जोखिम कम भएर पढाइ हुने बेला विद्यालय भवन नै बाढीले बगायो, अहिले विद्यालयको भवनमा खोला बगिरहेको छ, बालबालिकाको भविष्य र पठनपाठन के होला भन्न सक्ने अवस्था नै छैन,’ पन्तले भने ।

त्यस्तै नासों गाउँपालिका-६ थोंचेस्थित डाँडाको टाकुरामा रहेको प्रकाशज्योति माविलाई एकतर्फ मस्याङ्दी नदी र अर्कोतर्फ दूध खोलाले क्षति पुर्‍याएको छ । १२ कक्षासम्म पढाइ हुने यस विद्यालयमा पठनपाठनका लागि ममर्स्याङदी नदीमाथिको झोलुङ्गे पुलमार्फत जानुपर्ने भए पनि बाढीले पुल बगाएपछि विद्यालयसम्म पुग्नसमेत सकस भएको विद्यालयका प्रधानाध्यापक पदमराज पन्थीले बताए ।

‘छात्रावासमा बालबालिका राख्न सक्ने अवस्था नै छैन, पहिराको जोखिममा कति बेला परिन्छ विद्यालय ढुक्क हुनसक्ने समय छैन, यस्तो अवस्थामा बालबालिकाको भविष्य निर्धारणका लागि सम्बन्धित निकायले समयमै सचेत हुनुपर्छ,’ प्रधानाध्यापक पन्थीले भने, ‘शिक्षक र विद्यार्थी बस्ने स्थान नै सुरक्षित छैन, कहाँ राखेर पठनपाठन गराउने भन्ने हामी पनि चिन्तित छौँ, विद्यार्थी र शिक्षक नै विद्यालयसम्म पुग्न सक्ने बाटो छैन, विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक सङ्घसँग समन्वय गरी समाधान गर्ने प्रयत्नमा छौँ ।’

सदरमुकामस्थित चामे गाउँपालिका–४ स्थित नमूना विद्यालय लोकप्रिय माविको ममर्स्याङदी नदीमा आएको बाढीले पूर्ण रुपमा क्षति पुगेको छ । छात्रावास सहितको विद्यालयको एक चौथाइ भाग मात्रै बाँकी रहेको छ । कम भाग मात्रै बाँकी रहेको विद्यालयमा राखेर विद्यार्थीको पठनपाठन अगाडि बढाउन सक्ने अवस्था छैन ।

‘बाढीको कटानले विद्यालय भवनको एक चौथाइ बाँकी छ, शैक्षिकसत्रको अन्तिम अन्तिमतिर आइसकेका छौँ, कोरोना कहरले शिक्षा क्षेत्रमा धेरै नोक्सान पुर्‍याएकामा अहिले बाढीपहिराले पनि जोखिम थपिदियो, विद्यार्थीहरुलाई कोरोनाको खोप दिएर पठनपाठन थाल्न सरकारबाट नै आदेश भएमा कहाँ राखेर कक्षा सञ्चालन गर्ने भन्ने चिन्ताको विषय बनेको छ,’ लोकप्रिय माविका प्रधानाध्यापक कृष्णदास कोइरालाले भने।

कोरोनाले थलिएको मनाङको शैक्षिक क्षेत्रमा बाढीले झन् थिलथिलो बनाएको उनले बताए । बाढीपहिराका साथै कोरोना कहर न्यूनीकरण हुँदै जाँदा बालबालिकाको भविष्य निर्माणका लागि पठनपाठन सञ्चालन गर्नुपर्ने हुन्छ तर विद्यालयका भवन नै बाढीपहिराले बगाएपछि मनाङका धेरै विद्यार्थीहरु शिक्षाबाट वञ्चित हुनेछन् ।

वैकल्पिक अध्ययन केन्द्रको खोजी

मनाङको शैक्षिकसत्र सकिने बेलामा सरकारले पठनपाठन गराउन आदेश दिने सम्भावना बढेको छ । यस्तो अवस्थामा मनाङका बालबालिकाले भने पठनपाठनका लागि नै वैकल्पिक शिक्षालयको खोजी गर्न बाध्य भएका छन् ।

यहाँका विद्यालयको भौतिक संरचना बाढीपहिराले बगाएपछि विद्यार्थीहरुले छिमेकी जिल्लाका साथै राजधानी काठमाडौँ र प्रदेश राजधानी पोखरा छनौट गर्नुपर्ने भएको छ । मध्यम वर्गका विद्यार्थीहरुलाई जिल्लाबाहिर पठनपाठनका लागि केही सहज हुने भए पनि विपन्न वर्गका विद्यार्थीलाई सकस भएको स्थानीय अभिभावकहरु बताउँछन् ।

‘बालबालिकालाई बाहिरी जिल्लामा राखेर पढाउन धेरै समस्या झेल्नुपर्छ । विद्यालय खोज्नुपर्ने अवस्था हुन्छ । महङ्गा विद्यालयमा भर्ना लिने सम्भावना पनि कम छ । छात्रावासमा राखेर पढाउन सकिँदैन । भाडामा राखेर पढाउँदा बालबालिकालाई खाना, खाजा खुवाउने भन्ने चिन्ता बढेको छ । खोई कसरी बालबालिकाको भविष्य बनाउने भन्ने चिन्ताले सताउँछ । बाढीपहिराले धेरै समस्या थपिएको छ मनाङवासीलाई,’ अभिभावक जालमाया गुरुङले भनिन्।

भेँडाच्याङ्ग्रा पाल्दै घरमै बनेको खाना खुवाएर छोराछोरीको पठनपाठन अगाडि बढाउन सजिलो भएको थियो । अब कता पढाउने ? कहाँ राख्ने भन्ने मनमा खेलिरहने गरेको उनले बताइन् । वैकल्पिक अध्ययन केन्द्रका लागि सरकरसँगै सम्बन्धित निकायले समयमा नै योजना निर्धारण गर्न सके मनाङवासीलाई सहज हुने थियो ।

स्थानीय सरकारको लगानी खोलामा

मनाङका स्थानीय तहले शैक्षिक क्षेत्रको विकासका लागि चार वर्षदेखि गरेको लगानी खोलामा बगेको छ । देशमा सङ्घीयता आएपछि मनाङको स्थानीय सरकारले शैक्षिक गुणस्तर सुधार र वृद्धिका लागि गरेको लगानी एकै दिनको बाढीले सकिएको छ ।

मनाङको शैक्षिक गुणस्तर खस्किँदै गएको अवस्थामा सङ्घीयता आएपछि स्थानीय सरकारले प्राथमिकताका साथ शैक्षिक सुधारका लागि योजनाबद्ध रुपमा विकासका योजना ल्याएका थिए । केही प्रगति पनि भएको थियो । पछिल्लो प्रकोपले गर्दा भौतिक संरचनामा क्षति पुर्‍याएको र स्थानीय तहको लगानी खेर गएको छ ।

विद्यार्थी सङ्ख्या कम हुँदा विद्यालयहरुलाई एकापसमा गाभेर शैक्षिकस्तर वृद्धि गरिएको थियो । स्थानीय तहले शैक्षिक क्षेत्रमा ठूलो लगानी गरेकामा अहिले बाढीपहिराले सबै नाश गरेको चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले बताए ।

‘प्राथमिकतामा राखेर विद्यालयहरुलाई गाभेर गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले गरिएको लगानी पानीमा बग्यो । अब विद्यालय निर्माण गर्नका लागि मात्रै पनि चार वर्षदेखि गरिएको लगानीभन्दा बढी लाग्छ । स्थानीय तहलाई शैक्षिक क्षेत्रको भौतिक संरचना निर्माणमा लगानी जुटाउनै मुस्किल भयो,’ अध्यक्ष घलेले भने ।

स्थानीय सरकारले वर्षैपिच्छे विद्यालयको आवासीय विद्यालय निर्माण गरी मनाङका विद्यार्थीलाई सहज शिक्षा प्राप्त गर्ने वातावरण निर्धारण गरेको थियो तर गत असार १ गते आएको बाढीपहिराले अहिले केही पूर्ण क्षति भएर पठनपाठन गराउन सकिने अवस्थामा छैनन् भने केही विद्यालयमा भौतिक संरचनाको अभाव छ ।

त्यस्तै जिल्लाकै सबैभन्दा बढी क्षति भएको नासों गाउँपालिकाभित्रका तीनवटा विद्यालय पूर्ण क्षति भएका छन् । ती विद्यालय मर्मत र पुनःनिर्माणका लागि बजेट व्यवस्थापन गर्न सक्ने अवस्था गाउँपालिकाको मात्र छैन ।

शैक्षिक गुणस्तरीयता कायम भएका विद्यालय ममर्स्याङदीमा आएको बाढीले क्षति पुर्‍याएपछि विद्यालय सञ्चालन गर्नै मुस्किल भएको नासों गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले बताउनुभयो । उहाँका अनुसार टाढा–टाढाबाट आउने विद्यार्थीलाई सहज बनाउने उद्देश्यले आवासीय विद्यालय बनाइएको थियो ।

६ सय ८१ विद्यार्थी, शिक्षक एक सय ५२

विकट हिमाली जिल्ला मनाङमा जनसङ्ख्याकै आधारमा विद्यार्थी रहेका छन् । जिल्लाका २८ विद्यालयमा अध्ययनरत ६ सय ८१ विद्यार्थी छन् । मनाङमा छात्रको तुलनामा छात्राको सङ्ख्या बढी रहेको शिक्षा विकास तथा समन्वय एकाइ मनाङका प्रमुख नारायणप्रसाद रेग्मीले जानकारी दिए ।

Advertisement

उनका अनुसार २८ विद्यालयमध्ये चार माध्यमिक तह सञ्चालित छन् भने २४ आधारभूत विद्यालय रहेका छन् । मनाङका दुईवटा विद्यालयमा छात्रवाससहित आवासीय व्यवस्था गरिएको छ । जिल्लामा शिक्षकको सङ्ख्या भने एक सय ५२ रहेको छ। नवीन लामिछाने/रासस

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top