डेल स्टेनद्वारा सन्न्यासको घोषणा

१५ भदाै, एजेन्सी ।

दक्षिण अफ्रिकाका तीब्र गतिका बलर डेल स्टेनले अन्तर्राष्ट्रिय सबै क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् । ३८ वर्षिय स्टेनले मंगलबार अन्तर्राष्ट्रिय सबै क्रिकेटबाट सन्न्यास लिएको घाेषणा गरेका हुन् । स्टेनले दुई वर्षअघि टेस्टबाट सन्न्यास लिएका थिए ।

स्टेनले सन् २००४ मा इंग्ल्यान्डविरुद्ध टेष्टमा डेब्यू गरेका थिए । उनले ९३ टेस्टको १ सय ७१ इनिङमा ३.२४ को इकोनमिमा रन खर्चिदै कुल ४ सय ३९ विकेट लिएका छन् । उनको सर्वोत्कृष्ट प्रदर्शन ७-५१ छ । अन्तिम टेस्ट खेल २०१९ को फेब्रुअरीमा श्रीलंकाविरुद्ध खेलेका थिए ।

स्टेनले २००५ मा दक्षिण अफ्रिका ११ बाट एसिया ११ विरुद्ध ओडिआईमा डेब्यू गरेका थिए । अन्तिम खेल २०१९ मा श्रीलंकाविरुद्ध खेलेका थिए । स्टेनले १ सय २५ वान डे खेलमा १ सय ९६ विकेट लिएका छन्। उत्कृष्ट प्रदर्शन ६-३९ छ ।

टि२० आईमा २००७ मा न्युजिल्यान्डविरुद्ध डेब्यू गरेका थिए । अन्तिम खेल २०२० फेब्रुअरीमा अष्ट्रेलियाविरुद्ध खेलेका थिए । ४७ टि२० मा ६४ विकेट लिए । २ सय २८ टि२० खेलमा २ सय ६३ विकेट लिए ।

स्टेन तीव्र गतिसँगै बाउन्सका लागि चर्चित बलर हुन् । सन् २००५ देखि २०१५ को अवधि सम्म उनले विश्व क्रिकेटमा प्रभुत्व जमाएका थिए ।

स्टेन २००८ देखि २०१४ सम्म टेस्ट वरीयता बलिङमा शीर्षस्थानमा थिए । स्टेन दक्षिण अफ्रिकाबाट टेस्टमा सर्वाधिक विकेट लिने बलर हुन् ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top