Nepal Times
Nepal Times
3
Shares

कलाकार घिमिरेको स्वास्थ्य अवस्थामा अपेक्षित सुधार भएन

कलाकार घिमिरेको स्वास्थ्य अवस्थामा अपेक्षित सुधार भएन

१५ भदाै, काठमाडौं ।

नर्भिक इन्टरनेशनल अस्पतालले कलाकार निशा घिमिरेको स्वास्थ्य अवस्थामा अपेक्षित सुधार हुन नसकेको जनाइएको छ ।

सबै खालका उपचारको पद्धति अपनाउँदा पनि उनको स्वास्थ्यमा सुधार हुन नसकेको अस्पतालद्वारा आयोजित पत्रकार सम्मेलनमा कर्पोरेट कम्युनिकेशन प्रमुख सोमनाथ बास्तोलाले जानकारी दिए ।

उनका अनुसार दुर्घटनापछि मस्तिष्कमा गम्भीर समस्या देखिएको र लामो समय उपचारविहीन भएकाले घिमिरेको स्वास्थ्य अवस्था अहिले स्थिर रहेको छ । उनका उपचारमा संलग्न चिकित्सक डा पङ्कज जलानले सबै विकल्पमा उपचार भइरहेको भन्दै दुर्घटनाका कारण मस्तिष्कमा गम्भीर चोट लागेको र अवस्था निकै जटिल रहेकाले पूर्णरुपमा सामान्य अवस्था हुन सम्भावना कम भएको बताए ।

आर्थिक अवस्थाका कारण उपचार नपाउँदा घिमिरे घरमै अर्धचेत अवस्थामा रहेकी थिइन् । पछि नर्भिक अस्पतालका प्रबन्ध सञ्चालक मेघा चौधरीले निःशुल्क उपचारको व्यवस्था गर्दै अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालले अहिलेसम्म उनकाे उपचारमा रु ५० लाख खर्च गरिसकेको जनाएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.