महाकालीमा जयसिंह बेपत्ता प्रकरण: छानबिन प्रतिवेदन गोलमटोल

दार्चुलाको व्यास गाउँपालिका–२, मालका, ३३ वर्षीय जयसिंह धामी तुइनबाट खसेर महाकाली नदीमा बेपत्ता भएको घटनाको अनुसन्धान गर्न बनेको समितिले कानुनी जटिलता रहेको उल्लेख गर्दै बुझाएको प्रतिवेदनमा एसएसबीका जबानले तुइन खुस्काएको किटान गरिएको छैन।

पीडित र प्रत्यक्षदर्शीको बयान हुँदाहुँदै पनि समितिले घटनास्थलमा भारतीय सशस्त्र सीमा बल ९एसएसबी० का जबानको उपस्थिति रहेको मात्रै उल्लेख गर्दै गोलमटोल प्रतिवेदन बुझाएको छ। ‘भारतीय सुरक्षाकर्मीको उपस्थितिमा घटना भएको देखिएकाले अनुसन्धान गर्नुपर्ने’, प्रतिवेदनमा उल्लेख छ। गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी गरेको विज्ञप्तिमा उक्त घटनाबारे भारतीय सुरक्षाकर्मीमाथि अनुसन्धान गर्नुपर्ने उल्लेख छ।

विज्ञप्तिमा घटनाका बेला भारतीय सुरक्षाकर्मीको उपस्थिति रहेको तर उनीहरूले तुइन काटेको वा नकाटेको भन्नेबारेमा प्रतिवेदनमा केही उल्लेख गरिएको छैन। घटनाबारे छानबिन गर्न गठित समितिले एक महिनासम्म पनि प्रतिवेदन बुझाउन आलटाल गरेको भन्दै आलोचना भएको थियो। पटकपटक म्याद थपेको समितिले मंगलबार साँझ गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाएको हो। घटनामा भारतीय सुरक्षाकर्मीको संलग्नताबारे प्रतिवेदन मौन छ।

‘उक्त घटना भारतीय एसएसबीका सुरक्षाकर्मीको उपस्थितिमा भएको देखिएकाले निजहरूको संलग्नता सम्बन्धमा अनुसन्धान गरी दोषीउपर कानुनी कारबाही गर्न, जयसिंह धामीको परिवारलाई उचित क्षतिपूर्ति र राहत उपलब्ध गराउन भारतीय पक्षसँग कूटनीतिक माध्यमबाट पहल गर्न तथा आश्रित परिवारलाई नेपाल सरकारका तर्फबाट पालनपोषण र शिक्षादीक्षाको व्यवस्था गर्नुपर्ने’, विज्ञप्तिमा लेखिएको छ।

प्रत्यक्षदर्शीले एसएसबीका जबानले तुइन खुस्काइदिँदा जयसिंह नदीमा खसेर बेपत्ता भएको बयान दिएका थिए। बयानका आधारमा प्रतिवेदनमा घटनामा एसएसबीका जवानहरूको संलग्नता भएको किटान गर्नुको साटो उपस्थिति भनेर गोलमटोल पारिएको छ। प्रतिवेदनमा भारतीय भूमिमा भएको घटनाले कतिपय सन्दर्भमा अनुसन्धानमा जटिलता रहेको उल्लेख गरिएको हो। एक महिनापछि बुझाइएको प्रतिवेदनमा यस्तो उल्लेख गरिएको स्रोतको दाबी छ। गृहमन्त्रालयले घटनाको छानबिन गर्न मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा समिति गठन गरेको थियो। प्रतिवेदनमा छानबिनमा भारतीय पक्षले असहयोग गरेको भन्नेचाहिँ उल्लेख गरिएको छ।

‘छानबिन समितिलाई भारतीय पक्षले सहयोग गरेन, तुइनको लट्ठा काटेको भन्ने स्पष्ट देखिएन तर प्रत्यक्षदर्शीहरूले एसएसबीका जबानले लट्ठा चुँडाएको बताएका छन्, उनीहरूको बयान जस्ताको तस्तै राखिएको छ’, स्रोतले भन्यो। भारतीय पक्षले असहयोग गरेकै कारण प्रतिवेदन भनेजस्तो बनाउन नसकिएको समितिका एक सदस्यले बताए। ती सदस्यका अनुसार यस विषयमा भारतीय पक्षले कुरै गर्न चाहेन। स्थलगत अनुगमन, पीडित परिवार र प्रत्यक्षदर्शीसँग बयान लिएर समितिले प्रतिवेदन तयार पारेको हो। प्रतिवेदनमा ड्रोन उडाएर जयसिंहको खोजी गर्न भारतीय पक्षले असहयोग गरेको र आवश्यक सोधपुछ गर्दा पनि मौन बसेकाले प्रमाण जुटाउन कठिन भएको उल्लेख छ।, यो समाचार नागरिक दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top