अफगानिस्तान परिवर्तन: गम्भीर चिरफार गर्न सार्कलाई सुझाव

काठमाडौं: अफगानिस्तानमा बीस वर्षअघि सत्ताबाट हटाइएको तालिबान विद्रोही पुनः सत्तामा पुगेपछि विश्वभर अहिले यसको राजनीतिक आयामबारे चर्चा चलिरहेको छ । भौगोलिक रूपमा मध्यएसियामा पर्ने भूपरिवेष्टित देश अफगानिस्तान दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को सबभन्दा कान्छो सदस्य पनि हो ।

सन् २००७ मा सार्कको सदस्यता लिएको अफगानिस्तानमा देखिएको परिवर्तनले दक्षिण एसियाली देशहरूमा कुनै न कुनै प्रभाव पार्नु स्वाभाविक हुने कूटनीतिक मामिलाका जानकारहरू बताउँछन् । “यसबाट दक्षिण एसियाको भूराजनीतिक शक्ति सन्तुलनमा केही फेरबदल ल्याउन सक्छ”, परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानका सदस्य डा रुपक सापकोटाले भने, “पृथकतावादी सोच राख्नेहरूलाई मनोवैज्ञानिक रूपमा लामो समय लड्ने हो भने ठूलाठूला शक्तिलाई पनि परास्त गर्न सकिने रहेछ भन्ने उक्साहट दिन सक्छ । त्यसैले प्रत्येक देशले यसलाई गम्भीरतापूर्वक नियाल्नुपर्छ ।”

अफगानिस्तानसँग नेपालको प्रत्यक्ष सिमाना जोडिएको छैन । यद्यपि म्यानमारबाट लखेटिएका रोहिङ्ग्या शरणार्थी, बङ्गलादेशबाट भारत हुँदै काठमाडौँसम्म आइपुगेको तथा यसअघि नै भुटानबाट ओइरिएका हजारौँ भुटानी शरणार्थीको समस्या झेलिसकेको नेपाललाई त्यहाँको परिवर्तनको बाछिटाले नछोला भन्न सकिँदैन ।

“पाकिस्तानको केन्द्र प्रशासित स्वायत्त थुप्रै ट्राइबल क्षेत्र अफगानिस्तानको सीमासँग जोडिएका छन् । ती क्षेत्रमा अलकाइदा, आईएसआई जस्ता उग्रवादी सङ्गठनका नेताहरू क्रियाशील रहेको बताइन्छ”, परराष्ट्र मामिलाका विज्ञ डा दिनेश भट्टराईले भने, “जसका कारण अन्तरसीमा (क्रसबोर्डर)मा आतङ्कवाद बढ्न सक्ने सम्भावना देखिन्छ ।”

त्यसो त तालिबानले विश्व मञ्चको स्वीकारोक्ति कुन ढङ्गले पाउला अहिले नै निश्चित भइसकेको छैन । राजधानी काबुल कब्जा गरे पनि देशको सबै क्षेत्रमा उसले कब्जा जमाइसकेको छैन । तालिबानसँग लड्दै गरेका शक्तिहरू पन्जशिर प्रान्तमा जम्मा भएर उसका विरुद्ध लड्ने उद्घोष गरिरहेका छन् जसको नेतृत्व सत्ताच्युत भएका उपराष्ट्रपति अमरुल्लाह सलेहले गरिरहेका छन् ।

करिब ३० वर्ष परराष्ट्र सेवामा काम गरेर विभिन्न क्षेत्रीय तथा अन्तर्राष्ट्रिय संस्थामा नेतृत्व गरिसक्नुभएका डा भट्टराईले भने, “यो थप चिन्ताको विषय हो, त्यहाँ अस्थिरता उत्पन्न भयो र गृहयुद्ध सुरु भयो भने त्यसको असर नेपालमा पनि पर्न सक्छ ।”

विचारधारात्मक रूपमा उग्रवादलाई केही राहत मिले पनि त्यसको ठूलो प्रभाव भने तत्काल नपर्ने विज्ञहरूको विश्लेषण छ । “तालिबान आफैँ पनि हामी परिवर्तन भयौँ, परिपक्क र पहिलेभन्दा जिम्मेवार भयौँ भनिरहेका छन्”, तात्कालिक प्रधानमन्त्री सुशील कोइरालाका सल्लाहकारसमेत रहनुभएका डा भट्टराईले भने, “यद्यपि सरिया (मुस्लिम धार्मिक नियम) परिधिभित्र रहेर मात्र स्वतन्त्रता उपभोग गर्न पाइने उनीहरूको उद्घोषले तत्काल उनीहरूको शासन शैलीबारे केही भन्न सकिने स्थिति छैन ।”,याे समाचार आजको गोरखापत्र दैनिकमा राजेश चाम्लिङ राईले लेखेका छन् ।

भर्खरको समाचार

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

सम्बन्धित समाचार

Scroll to Top