बाइडेनको दाबी : अफगानिस्तान सैन्य मिसन सफल भयाे

Share this
676shares

१६ भदाै, एजेन्सी ।

Advertisement

अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गर्नुको बिकल्प नभएको बताएका छन्।

अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता भएको भोलीपल्ट बुधबार राष्ट्रको नाममा सम्बोधन गरेका बाइडेनले अफगानिस्तानमा बिगत २० बर्षदेखि तैनाथ आफ्ना सेना फिर्ताको निर्णय गलत नभएको जिकीर गरेका हुन् ।

Advertisement

उनले अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गरी तालीवानलाई सत्ता सुम्पेको भन्ने आरोपको भने बचाउ गरे। अमेरिकी हितका लागि त्यहाँबाट सेना फिर्ता गरेको भन्दै उनले २० बर्षे सैन्य अभियान सफल भएको दाबी गरे ।

उनले सैन्य अभियानका क्रममा अफगानिस्तानमा अमेरिकाको करोडौं डलर खर्च भएको पनि बताए । अफगानिस्तानमा दशकौं पहिले हुने गृहयुद्ध अमेरिकाका कारण रोकिएका भन्दै बाइडेनले आफनो देशमा शान्ति कायम राख्न सम्बन्धित देश आफै जिम्मेवार हुनुपर्ने बताए ।

Advertisement

२० वर्ष अघि अफगानिस्तान प्रवेश गरेका अमेरिकी सैनिक त्यहाँबाट पूर्ण रुपमा बाहिरिएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top