निषेधाज्ञा थप्ने निर्णय गर्न काठमाडौँका प्रजिअको बैठक आज

१६ भदौ, काठमाडौं ।

Advertisement

जारी निषेधाज्ञा थप्ने निर्णय गर्न काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको वैठक आज बस्दै छ ।

दिउँसो १ बजे बस्ने बैठकले जारी निषेधाज्ञाको अवधि थप्नेछ । अबको निषेधाज्ञामा विद्यालय पनि सञ्चालन गर्न दिने तयारी पनि भएको जनाइएको छ । तर विद्यालय सञ्चालनको मोडालिटी तयार भइनसकेकाले त्यसबारे आवश्यक छलफल हुने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।

Advertisement

यसअघि थपिएको निषेधाज्ञा आज राति १२ बजे सकिँदैछ । कोरोना भाइरसको महामारी बढेपछि गत वैशाख १७ देखि निषेधाज्ञा जारी छ ।

पछिल्लो समय खोप लगाउनेहरु बढेको तथा संक्रमण घटेको भन्दै निषेधाज्ञा खुकुलो बनाउनु पर्ने माग बढेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top