अध्यक्ष तिमिल्सिनाले भेटे राउटेलाई

१५ भदौ ७८, बुधबार

१६ भदौ, सुर्खेत ।

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सुर्खेतको काल्चे पुगेर लोपोन्मुख राउटे समुदायसँग भेट गरी उनीहरुको अवस्थाबारे जानकारी लिएका छन् ।

कार्यक्रमको सिलसिलामा सुर्खेत आएका अध्यक्ष तिमिल्सिनाले सुर्खेत र सल्यानको सिमानामा पर्ने गुर्वाकोट नगरपालिकाको काल्चेमा मंगलबार पुगेर राउटे समुदायको अवस्था र समस्याबारे जानकारी दिएका हुन् ।

घुमन्ते राउटे बस्तीमा पुगेर अध्यक्ष तिमिल्सिनाले समुदायको संस्कृति र परम्पराको संरक्षण गर्दै बासस्थान, स्वास्थ्य, शिक्षा र आत्मनिर्भर बनाउनेतर्फ जोड दिनुपर्ने बताए ।

’सरकारले दिएको राहत वा विभिन्न तरिकाले आउने आर्थिक सहयोगले मात्रै यो समुदायको उन्नति हुँदैन,’ उनले राउटे समुदायका मुखियासहितको टोलीसँग भने, ‘राज्यले स्थायी बसोबासको व्यवस्था गर्दा एकठाउँमा बस्ने, सरसफाइ तथा स्वास्थ्यमा ध्यान दिनुपर्छ ।’

राउटे समुदायलाई राज्यबाट आउने सहयोग पर्याप्त भएपनि त्यसको उचित प्रयोग र व्यवस्थापन नभएसम्म उनीहरुको अवस्थामा सुधार नहुने उनले बताए ।

कर्णाली प्रदेश सभाका सभामुख राजबहादुर शाहीसहितको टोलीसँग त्यहाँ पुगेका अध्यक्ष तिमिल्सिनाले राउटे समुदाय व्यवस्थित बस्ती बनाएर एकै ठाउँ बस्न तयार भए सरकारसमक्ष आफूले पहल गर्ने बताए ।

भर्खरको समाचार

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

सम्बन्धित समाचार

Scroll to Top