‘चामे जान काम पर्छ, पुल छैन’

१५ भदौ ७८, बुधबार

१६ भदाै, मनाङ ।

सडक सञ्जालबाट टाढा रहेको नार्पाभूमि गाउँपालिका पुग्न समस्या भएको छ । मर्स्याङ्दी नदीमा गत असार १ गते आएको बाढीले गाउँपालिका पुग्ने एक मात्र झोलुङ्गे पुलमा क्षति पुर्याएपछि आवतजावतमा कठिनाइ भएको हो ।

बाढीले सदरमुकाम चामेसँग जोड्ने एक मात्र पुलमा क्षति पुगेपछि अहिले गाउँपालिकावासी ज्यान जोखिममा राखेर सामग्री ल्याउन बाध्य छन् । पुलको अधिकांश भाग भत्केको छ । त्यही पुलबाट नारफुका बासिन्दा सदरमुकाम आवतजावत गर्न बाध्य भएका छन् ।

बाढीले पुल भत्किएपछि चामे गाउँपालिका–२ कोतोस्थित मस्याङ्दी नदीमाथिको पुलकै भरमा ओहोरदोहोर गर्न बाध्य भएको फुगाउँका स्थानीय सोनाम तेजे लामाले जानकारी दिए । “जोखिम मोलेर हिँडेन भने काम गर्न सकिँदैन । सधैँ हेलिकोप्टर आउने कुरा भएन, सदमुकाममा काम पर्छ । जानुपर्यो, पुगेर फर्किन सक्ने हो कि होइन चिन्ता र त्रास त्रासैमा हिँड्नुपर्छ”, उनले भने ।

गाउँसँग जोड्ने अन्य पुल पनि छैन । नार्पाभूमि गाउँपालिका सडक सञ्जालसँग समेत जोडिएको छैन । “गाउँपालिकासँग जोड्ने एक मात्र पुल पनि जीर्ण छ । यसलाई काठ राखेर जसोतसो हिँड्न मिल्ने बनाएका छौँ । यसलाई सहज बनाउनका लागि अझै मर्मत गरी सहज बनाउने प्रयास गरिरहेका छौँ । सदरमुकाममा काम पर्छ पुल छैन”, नार्पाभूमि गाउँपालिकाका अध्यक्ष मिङ्मारछिरिङ लामाले भने । खाद्यान्न हेलिकोप्टरमार्फत ल्याए पनि सदरमुकामबाट गर्नुपर्ने अन्य कामका लागि जोखिम मोलेर हिँड्न बाध्य भएको उनले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद लामिछानेले पुल मर्मत गर्न प्राविधिक जनशक्ति र आवश्यक सामग्रीसमेत अभाव रहेको बताए । सो नदीको वहाव कम भए पनि जोखिम भने कम नभएको बताइएको छ ।रासस

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top