×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

डीसीसीएमसीसँग समन्वय गरेर काठमाडौंका विद्यालय खोल्न पाइने

१६ भाद्र २०७८

१६ भदाै, काठमाडाैँ ।

गत वैशाख १६ गतेदेखि जारी भएको निषेधाज्ञाको स्वरुपमा परिवर्तन भएको छ । बुधवार काठमाडौं उपत्यकाका (काठमाडौं, ललितपुर र भक्तपुर) तीन जिल्ला प्रमुखहरुको बैठकले वैशाख १६ गतेदेखि जारी निषेध आदेशको स्वरुपमा परिवर्तन गरेको हो ।

Advertisement
Advertisement

बैठकपछि काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले निषेध शब्द हटाएर जारी आदेश मात्रै बनाइएको र यो आदेश भदौ १७ गतेदेखि भाद्र मसान्तसम्म जारी रहने बताए । उनले बुधवार जारी आदेशले स्वास्थ्यका मापदण्ड पालना गर्ने गरी सबै किसिमका व्यापार, व्यवसाय सञ्चालन गर्न पाउने निर्णय गरिएको जानकारी दिए । उनका अनुसार अब काठमाडौं उपत्यकामा भौतिक उपस्थितीमा विद्यालय सञ्चालनको हकमा १८ वर्ष भन्दा मुनिका बालबालिकाहरुले भ्याक्सीन नलगाएकोले अझै केही समय रोक्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी पराजुलीले भौतिक उपस्थितीमा विद्यालय सञ्चालनको जिम्मा स्थानीय तहलाई दिइएकोले कोभिड जिल्ला शंकट व्यवस्थापन केन्द्रसँग समन्वय गरी सञ्चालन गर्न सक्ने पनि बताए। उनले चाडपर्वहरु भौतिक उपस्थितीमा नमनाउन आग्रह गरेको छ । मनाउने भए सांकेतिक रुपमा मात्र मनाउन पनि आदेश जारी गरिएको बताए ।

प्रमुख जिल्ला अधिकारी पराजुलीले भने, ‘गत वैशाख १६ गतेदेखि जारी हुँदै आएको निषेध आदेशलाई हामीले अलिकति मोडालिटी परिवर्तन गरेका छौँ, यो निषेध शब्द हटाएर जारी आदेश मात्रै उल्लेख गरिएको छ, यसमा स्वास्थ्य प्रोटोकल पालना गर्ने गरी सबै किसिमका व्यपार, व्यवसाय सञ्चालन गर्न पाउने व्यवस्था गरिएको छ, विद्यालय सञ्चालनको हकमा हामीले अब १८ वर्ष भन्दा मुनिका बालबालिकाहरुले, विद्यार्थीहरुले भ्याक्सिन नलाएको अवस्थामा यसलाई अझै केही समय हेर्नुपर्छ भनेर भौतिक उपस्थितीलाई हामीले जोड दिएका छैनौँ, अहिले विद्यालय सञ्चालन गर्ने अधिकार स्थानीय तहलाई दिइएको छ, स्थानीय तहले कोभिड जिल्ला शंकट व्यवस्थापन केन्द्रसँग समन्वय गरी सञ्चालन गर्न सक्ने भन्ने अधिकार उहाँहरुलाई प्रत्यायोजन गरेको छ, भीडभाड जन्य गतविधिहरु नगर्ने, चाडपर्वहरु सांकेतिक रुपमा मात्रै मनाउने यो एएटा सूचनामुलक सन्देश, आदेश हामीले जारी गरेका छौँ, यसमा सबै व्यक्तिहरु सचेत भएर संक्रमण दर बढ्न दिनुभएन, अहिलेको अलिकति सहज परिस्थिती छ, यही परिस्थितीलाई कायम राख्न म सम्पूर्ण महानुभावहरुमा अनुरोध गर्दछु ।’

Advertisement

प्रमुख जिल्ला अधिकारी पराजुलीले व्यापार व्यवसाय गर्न पाउने भन्दैमा स्वास्थ्यका मापदण्ड पालना गर्न छोड्नु नहुने बताए । उनले उपत्यकामा स्वास्थ्य मापदण्डको पालना भए÷नभएको बारे प्रशासनले नियमित र आकस्मिक अनुगमन गरिरहने पनि बताए । अनावश्यक रुपमा मानिसहरु जम्मा भएर भीडभाड गर्ने, सभा जुलुस गर्ने, जात्रा, महोत्सव र भोज आदि कार्य गर्न नपाउने पनि प्रमुख जिल्ला अधिकारी पराजुलीले बताए ।

भर्खरको समाचार

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

सम्बन्धित खबरहरु

Scroll to Top