कप्तान किरण भन्छन्- प्रशिक्षकले बुबा समान व्यवहार गर्नुहुन्छ

Share this
810shares

१६ भदौ, काठमाडौं।
नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले टोलीलाई मानसिक रुपमा बलियो बनाउँदै बुबाजस्तो व्यवहार गर्ने गरेको बताएका छन् ।

Advertisement

आज भएको प्रि–म्याच कन्फरेन्समा बोल्दै कप्तान चेम्जोङले टोलीको तयारी राम्रो रहेको पनि बताए । उनले भने, ‘१३ वर्ष राष्ट्रिय टोलीको अनुभवमा धेरै प्रशिक्षकसँग काम गरे । हामी पहिला शारीरिक रुपमा मात्र बलिया थियौँ । अहिले हामीलाई उहाँले मानसिक रुपमा पनि बलियो बनाउनुभएको छ । हाम्रो प्रशिक्षक मात्र होइनन्, बाबु समान व्यवहार गर्नुहुन्छ । टोलीको मनोबल पनि उच्च छ ।’

किरणले दुई महिनादेखि टोली तयारीमा रहेकोले शारीरिक रुपमा पनि राम्रो अवस्थामा रहेको बताउँदै घरेलु मैदानमा भारतविरुद्ध खेल्न पाउनुले आउने साफ च्याम्पियनसिपका लागि राम्रो तयारी हुने बताए । किरणले भने, ‘खेल फिफा डेटमा हुन लागेको छ । वरीयतामा असर गर्ने भएर पनि हाम्रो लागि यो जरुरी खेल हो । इज्जतका लागि खेल्छौं ।

Advertisement

किरण भारतविरुद्ध खेलमा उत्रिए ७३ औं पटक राष्ट्रिय टोलीबाट खेल्नेछन् । उनले यससँगै विराज महर्जनको राष्ट्रिय टोलीबाट सर्वाधिक ७३ खेल खेल्ने कीर्तिमान बराबर गर्नेछन् । नेपाल र भारतबीच ६ वर्षपछि पहिलो पटक दशरथ रंगशालामा खेल हुँदैछ । खेल साँझ ५ः३० बजे सुरु हुने बताइएको छ । एन्फाले सिमित दर्शकलाई प्रवेश दिनका लागि सरकारबाट स्वीकृति लिएको बताएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top