बारम्बार बल्झिरहेको सभामुख सापकोटाविरुद्धको मुद्दा के हो ?

१६ भदाै, काठमाडौं।

Advertisement

सभामुख अग्नि सापकोटाविरुद्ध मुद्दामा परेको रिट ‘हेर्न नमिल्ने’मा परेको छ । बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासमा सुनुवाइ तोकिएको थियो ।

सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले सो इजलासले सभामुख सापकोटाविरुद्ध परेको रिट ‘हेर्न नमिल्ने’ आदेश दिएको जानकारी दिए ।

Advertisement

प्रवक्ता दाहालका अनुसार न्यायाधीश हरिकृष्ण कार्कीले विगतमा कानुन व्यवसायी हुँदा यो मुद्दामा बहस गरेका थिए । यसैले कार्कीको स्वार्थ बाझिने भएकाले संवैधानिक इजलासले सापकोटाको उक्त मुद्दा ‘हेर्न नमिल्ने भएको उनले बताए ।

यसअघि २०७६ फागुन ३० गते सभामुख सपकोटाविरुद्धको मुद्दा पेशीमा चढाइएको थियो, तर मुद्दा हेर्न नभ्याएपछि सुनुवाइ सरेको थियो । सशस्त्र द्वन्द्वकालमा काभ्रैका अर्जुन लामाको हत्यामा संलग्न भएको आरोपमा सापकोटाविरुद्ध सर्वोच्चमा उजुरी परेको थियो ।

Advertisement

२०६२ वैशाख १६ गते श्रीकृष्ण मावि दाप्चामा अभिभावक भेला स्थलबाट लामा अपहरणमा परेका थिए भने साउन तेस्रो साता लामालाई जिउँदै खाल्डोमा पुरेको भन्दै उनकी पत्नी पूर्णिमायाले २०६४ सालमा जाहेरी दिएकी थिइन् । पूर्णिमायाको जाहेरी प्रहरी नलिएपछि उनले सर्वोच्चमा उजुरी दिएकी थिइन् ।

सर्वोच्चले २०६४ फागुन २२ गते आदेश दिएपछि जाहेरी दर्ता भएको थियो । तर, बाबुराम भट्टराई नेतृत्वको सरकारले सपाकोटाविरुद्धको जाहेरी तामेलीमा राख्ने निर्णय गरेको थियो ।

यस निर्णयविरुद्ध लामाकी पत्नी फेरि सर्वोच्च अदालत पुगेकी थिइन् भने सर्वोच्चले निर्णय कार्यान्वयन नगर्न आन्तरिम आदेश दिएको थियो । यो मुदा सर्वोच्चको संवैधानिक इजलासमा विचाराधीन छ । सोही मुद्दामाथि आज सर्वोच्चको संवैधानिक इजलासमा सुनुवाइ हुने तय भएको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top