कांग्रेस महाधिवेशन प्रक्रिया भोलिबाट

१६ भदौ ७८, बिहीबार

काठमाडौं : नेपाली कांग्रेसको १४औं महाधिवेशन प्रक्रिया भोलि शुक्रबारबाट सुरु हुँदै छ । कांग्रेस विधानअनुसार सबैभन्दा तल्लो तहको अधिवेशनअन्तर्गत भोलिबाट वडा अधिवेशन सुरु हुने भएको हो ।

Advertisement

तर, सबै जिल्लाका क्रियाशील सदस्यता एकैपटक सार्वजनिक नहुँदा वडा अधिवेशनका लागि तोकिएको मिति भने जिल्लाअनुसार नै फरकफरक हुने भएको छ । अर्थात्, १८ बाट २३ भदौसम्म ७७ वटै जिल्लामा कांग्रेसले वडा अधिवेशन सम्पन्न गर्ने छ । कांग्रेसले हालसम्म ५६ जिल्लाको क्रियाशील सदस्यता नामावली पार्टीको वेबसाइटमा सार्वजनिक गरेको छ ।

सोहीअनुसार निर्वाचन अधिकृत तोकिएका जिल्लामा अधिवेशन शुक्रबारबाट सुरु हुने भएको हो । यसअघि, केन्द्रीय समिति बैठकले तोकेको कार्यतालिकाअनुसार भने १८ भदौमा नै वडा अधिवेशन हुने उल्लेख छ । यद्यपि, केही जिल्लाका सदस्यता सार्वजनिक गर्न बाँकी र केन्द्रीय निर्वाचन अधिकृत तोक्न बाँकी रहेकाले अधिवेशनको मिति पनि एक दुई दिन हेरफेर हुने भएको हो ।

Advertisement

जिल्लामा हुने निर्वाचन मिति भने प्रमुख निर्वाचन अधिकृत र जिल्ला नेतृत्वले सहमतिमा तोक्नेगरी कांग्रेस केन्द्रले अधिकार प्रत्यायोजन गरेको छ । कांग्रेस नेता मीन विश्वकर्माले १८ बाट सुरु गरेर २३ भदौसम्मममा वडा अधिवेशन सक्न र २७ भदौबाट शुरु हुने पालिका तहका अधिवेशन ढिलामा २९ गतेसम्म सक्न निर्देशन भएको जानकारी दिए ।

‘१८ गतेबाट सुरु गरेर २३ गतेसम्मममा वडा अधिवेशन सक्न र २७ गतेबाट सुरु हुने पालिका तहका अधिवेशन ढिलामा २९ गतेसम्म सक्न निर्देशन भएको छ,’ नेता विश्वकर्माले राजधानीसँग भने, ‘सदस्यता टुंगिएर विवरण पुगेका जिल्लामा शुक्रबारबाटै धमाधम अधिवेशन हुन्छ ।’,याे समाचार राजधानी दैनिकमा छापिएकाे छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top