रोकियो भैरहवा विमानस्थलमा क्यालिब्रेसन फ्लाइट

१६ भदौ ७८, बिहीबार

विदेशबाट दक्ष जनशक्ति र जहाजसहितको उपकरण ल्याउन नसकेपछि भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको क्यालिब्रेसन फ्लाइट अनिश्चित बनेको छ । गत वैशाखमै तयार भए पनि कोरोना महामारीका कारण विमानस्थलले क्यालिब्रेसन फ्लाइट गर्न नसकेको हो ।

“हामी यहाँ तयारी अवस्थामा छौं । उपकरणसहितको जहाज र प्राविधिक आए तुरुन्तै क्यालिब्रेसन फ्लाइट गर्न सक्छौं,” गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नति आयोजनाका प्रमुख प्रविण न्यौपानेले भने । उनका अनुसार विमानस्थलमा विमान उडान र अवतरणका साथै अन्य कार्य निर्देशित गर्ने धावमार्ग, टावरलगायत क्षेत्रमा जडान भएका उपकरणले काम गरेका छन् कि छैनन्, ककपिटका पाइलट र टावरका कर्मचारीबीच सम्पर्क भएको छ कि छैन भनेर परीक्षण गर्न क्यालिब्रेसन फ्लाइट गरिन्छ । क्यालिब्रेसन फ्लाइटपछि मात्रै परीक्षण उडान हुन्छ ।

विमानस्थलमा सूचना तथा विद्युतीय सामग्री उपकरणलगायत संरचनाको जिम्मेवारी पाएको थाइल्याण्डको एरोथाइ कम्पनीले त्यहीँको कम्पनीबाट उपकरण ल्याउन पहल गरे पनि कोभिडका कारण आउन नसकेको न्यौपानेको भनाइ छ । “अहिले थाइल्याण्डमा कोरोना संक्रमण र जोखिम बढेको छ । त्यहाँको सरकारले आफ्ना नागरिकलाई कामका लागि अन्य मुलुक जान रोक लगाएको छ । अहिले हामी क्यालिब्रेसन फ्लाइटका लागि भारतको हवाई नियमन निकायसँग कुराकानी गरिरहेका छौं,” उनले भने । भारतबाट ल्याउन सकिए सहज रुपमा छिटो हुने र नजिक भएकाले समस्या पनि खासै नदेखिने उनको भनाइ छ ।

Advertisement

आगामी अक्टोबरभित्र क्यालिब्रेसन फ्लाइट गर्ने लक्ष्य आयोजनाको छ । “हामी जतिबेला पनि क्यालिब्रेसन फ्लाइट गर्न सक्ने गरी तयारी अवस्थामा छौं । विमानस्थलमा विमान उडान र अवतरणका लागि आवश्यक सबै उपकरण जोडिएको धेरै भैसकेको छ,” न्यौपानेले भने । उता कोरोना भाइरस संक्रमणका बीच पनि स्वदेशी र विदेशी कामदार आईसीबी–१ अन्तर्गत टर्मिनल भवनको बाँकी काम समापनका लागि खटिएका छन् । टर्मिनल भवनको बाँकी काम नसकिए पनि क्यालिब्रेसन फ्लाइटलाई कुनै अप्ठेरो नपर्ने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका प्रमुख प्रवेश अधिकारीले बताए । विमानस्थलमा जडान गर्नुपर्न रनवे लाइट, यान्त्रिक अवतरण प्रणाली, सञ्चार–उड्डयन सहायक उपकरणहरु, ब्यागेज ह्याण्डलिङ सिस्टम, कन्भेयर बेल्ट, एक्स–रे मेसिन आदि यन्त्र–उपकरण जडान कार्य सम्पन्न भइसकेको छ । एसपीको नेतृत्वमा विमानस्थल सुरक्षा एकाइ खडा भइसकेको छ ।, यो समाचार आजको कारोबार दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top