नेपालमा धमाधम कोरोना खोपको ट्रायल, धुलिखेल अस्पतालमा २ हजार जना सहभागि हुने

१६ भदौ ७८, बिहीबार

काठमाडौं: विश्वमा कोरोना खोप विकासको लागि ठुला ठुला कम्पनीहरु लागिपरेका छन् । यसको लागि धेरै क्लिनकल ट्रायलहरु भैरहेका छन् । कोरोना महामारिले विश्व नै प्रभावित बनिरहेको बेला यसको खोप उत्पादनमा नेपालले पनि क्लनिकल ट्रायलमा भाग लिन थालेको छ ।

Advertisement

यहि शिलशिलामा नेपालमा धमाधम कोरोना खोपको क्लिनिकल ट्रायल हुने भएको छ । पछिल्लो समय तीन अस्पतालमा दुईवटा खोपको ट्रायलका लागि सरकारले अनुमती दिइसकेको छ । यसअघि विपि कोइराला स्वास्थ्य स्वास्थ विज्ञान प्रतिष्ठानमा धरानमा चाइनिज भ्याक्सिन ट्रायल गर्न अनुमति दिएको सरकारले वुधवार धुलिखेल अस्पताल र नेपालगञ्ज मेडिकल कलेजमा अर्को अमेरिकन कम्पनीको भ्याक्सिन ट्रायलको लागि अनुमति दिएको छ ।

हिजो वुधवार बसेको मन्त्रिपरिषद्को बैठकले अमेरिकी कम्पनी सानोफी पाश्चरको प्रायोजनमा अन्तर्राष्ट्रिय भ्याक्सिन इन्ष्टिच्युट (आईभिआई) को मातहतमा नेपालमा कोरोना भ्याक्सिनको क्लिनकल ट्रायल गर्न अनुमति दिएको कानुन मन्त्री ज्ञानेन्द्र वहादुर कार्कीले जनाउनु भएको छ । क्लिनिकल ट्रायलको लागि सरकारले अनुमति दिएसंगै यो भ्याक्सिनको क्लिनिकल ट्रायलका मुख्य अनुसन्धानकर्ता डा. राजिव श्रेष्ठ भन्नुहुन्छ– अब औषधि विभागबाट लाइसेन्स लिने लगाएत केहि प्रक्रिया पुरा गरेपछि धुलिखेल अस्पताल र नेपालगञ्ज मेडिकल कलेजमा ट्रायलको काम शुरु भैहाल्छ ।

Advertisement

नेपालमा अहिले कोरोना खोपको तेस्रो चरणको ट्रायल गर्न लागिएको हो । नेपालका प्रमुख अनुसन्धानकर्ता डा. श्रेष्ठका अनुसार दुई चरणमा ट्रायल गरिन्छ । जम्मा ४ हजार जनालाई सहभागि गराइने यो ट्रायलमा पहिलो चरणमा १ हजार ५ जना सहभागि हुन्छन भने दोस्रो चरणमा २ हजार ५ सय जना सहभागि हुन्छन । सानोफी र जिएसके कम्पनीले विकास गर्न खोजेको यो भ्याक्सिन कोरोना खोप नलगाएका ४ हजार जनालाई एक महिना भित्र दुईमात्र खोप लगाएर एण्टीवडी र खोप लगाएपछिको रेस्पोन्स हेरिन्छ ।,याे समाचार नेपाल समाचारपत्रमा रामकृष्ण चापागाईंले लेखेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top