देउवाविरुद्ध पौडेल समूह एक ढिक्का

१७ भदौ ७८, शुक्रबार

काठमाडौं: नेपाली कांग्रेसभित्रको संस्थापनइतर मानिएको रामचन्द्र पौडेल समूहले पार्टीको आगामी १४औं महाधिवेशनमा संस्थापन पक्षविरुद्ध एक ढिक्का हुने घोषणा गरेको छ ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै पौडेल समूहले १४औं महाधिवेशनमा आफ्नो समूह एक भएर सहमतिमा हालका सभापति देउवाविरुद्ध उम्मेदवारी दिने घोषणा गरेको हो । कांग्रेस महाधिवेशनका लागि विधानले तोकेको सबैभन्दा तल्लो तहको अधिवेशन आज शुक्रबारबाट सुरु हुँदै छ ।

महाधिवेशनको प्रक्रिया सुरु हुने अघिल्लो दिन नै पौडेल समूहले देशभर नेता कार्यकर्ताबीच समूहमा एकता रहेको सन्देश दिन यस्तो घोषणा गरेको हो । समूहको नेतृत्व गर्दै आएका कांग्रेस वरिष्ठ नेता पौडेलले आफ्नो समूहबाट महाधिवेशनमा सहमतिबाट सभापतिको एकल उम्मेदवार तय हुने बताए ।

‘महाधिवेशनमा हामी सभापतिमा एउटै उम्मेदवार दिन्छौं, देशभरिका साथीहरूलाई म ढुक्क रहन आग्रह गर्छु, व्यक्तिका विषयमा छलफल गरेर निर्णय लिन्छौं,’ पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै पौडेलले भने । ‘कसको नाममा सहमति हुन्छ त?’ भन्ने पत्रकारहरूको जिज्ञासामा भने पौडेलले व्यक्तिका विषयमा पछि टुंगो लगाइने बताए ।

पत्रकार सम्मेलनमा आगामी महाधिवेशनमा सभापतिका आकांक्षी रहेका नेताहरू महामन्त्री डा। शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेताहरू डा शेखर कोइराला, अर्जुननरसिंह केसी, नेत्री सुजाता कोइराला र गगन थापा सहभागी थिए ।

सभापतिको प्रतिस्पर्धामा आफू पनि उठ्ने बताउँदै आइरहेका नेता केसीले आफ्नो समूहको अठोट र संकल्पसहित कार्यक्रमको उपस्थितिले पनि सहमतिमा नै उम्मेदवार तय हुने अनुमान गर्न सकिने बताए ।

नेता गगन थापाले भने केही दिनअघि मात्रै आफू महामन्त्रीमा उठ्ने घोषणा गरिसकेका छन् । उनी यसअघि भने पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहबाट १३औं महाधिवेशनमा उम्मेदवार बनेका थिए । त्यसबखत भने उनी डा शशांक कोइरालासँग पराजित भएका थिए ।,याे समाचार राजधानी दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top