एमालेमा नयाँ विवादः दोस्रो पुस्ताका नेता असन्तुष्ट

१७ भदौ ७८, शुक्रबार

काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओली र तेस्रो धारका दोस्रो पुस्ताका नेताहरूबीच फेरि विवाद सुरु भएको छ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको साथ छोडेर एमालेमा फर्किएका दोस्रो पुस्ताका नेताहरू अध्यक्ष ओली पुनः एकलौटी रूपमा अगाडि बढ्न थालेको भन्दै असन्तुष्ट बन्न थालेका छन् ।

२ जेठ २०७५ मा एमालेलाई फर्काउने निर्णय कार्यान्वयनमा ल्याउने भनिएको एक साता नबित्दै अध्यक्ष ओली र दोस्रो पुस्ताका नेताहरूबीच खटपट सुरु भएको हो । केही दिनअघिको बैठकमा १० बुँदे प्रस्ताव कार्यान्वयन गर्ने सहमति भएको थियो ।

९ भदौमा बसेको केन्द्रीय कमिटी बैठकले पार्टीलाई २ जेठ २०७५ को अवस्थामा फर्काएर क्रियाशील गराउने निर्णय गरेर परिपत्र जारी गरे पनि अध्यक्ष ओलीमाथि एकलौटी रूपमा अघि बढ्न खोजेको आरोप लागेको छ ।

प्रगतिशील तथा पेसागत कानुन व्यवसायी संगठन नेपाल (पीपीएलए)को आज (१८ भदौ) मा केन्द्रीय भेला अध्यक्ष ओलीले बोलाएका छन् । तर, पीपीएलएका अध्यक्ष रहेका रुद्रप्रसाद नेपाललाई नै भेलाबारे जानकारी नभएको बताइएको छ ।

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा गर्न लागिएको भेलामा प्रमुख अतिथिका रूपमा अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । ओली समूहले एकपक्षीय रूपमा भेला बोलाएपछि पीपीएलएका अध्यक्ष नेपालले सो भेला बोलाउने कुनै संस्थागत निर्णय नभएको भन्दै पीपीएलएका सदस्यहरूलाई सहभागी नहुन सूचना नै जारी गरेका छन् ।

‘सामाजिक सञ्जालमा भोलि अर्थात् भदौ १८ गते शुक्रबारका दिन पीपीएलए केन्द्रीय समितिका नाममा बोलाइएको भनिएको भेला संस्थागत निर्णयबिना भएकाले सो भेलाबारे पीपीएलएलाई संस्थागत रूपमा कुनै जानकारी नभएको बेहोरा अनुरोध छ,’ अध्यक्ष नेपालले एक अपिल जारी गर्दै सामाजिक सञ्जालमा लेखेका छन्, ‘पीपीएलएको एकता बचाउन चाहने कानुन व्यवसायीलाई सो भेलामा सहभागी नहुन हार्दिक अपिल गर्छु ।’

तर, पीपीएलएका अध्यक्ष नेपालले भेलाबारे जानकारी नै छैन भनिरहँदा संगठनकै नामबाट भेलाको निम्तो गरिएको छ । बिहीबार संगठनको आधिकारिक फेसबुकमा भनिएको छ, ‘यस संगठनको सचिवालयको बैठक तथा केन्द्रीय समितिको भर्चुअल बैठकमा छलफल भई भाद्र १८ गते २ बजे पुनर्जागरण भेला राखिएको हुँदा भोलिको भेला यथावत रूपमा सञ्चालन हुने बेहोरा सबैमा अनुरोध गर्दै भोलि शुक्रबार २ बजे तुल्सीलाल स्मृति प्रतिष्ठान च्यासल ललितपुरमा हुने भेलामा सहभागी भइदिनुहुन विनम्र अनुरोध गर्छाैं ।’

पार्टीलाई २ जेठ २०७५ को अवस्थामा फर्काउने क्रममा कुनै विवाद भए त्यसको समाधान गर्न कार्यदलसमेत गठन भइसकेको छ । एमालेले सम्पूर्ण जनसंगठनको एकीकरण व्यवस्थित गर्ने सम्बन्धमा महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, सचिव गोकर्ण विष्ट र नेता टोपबहादुर रायमाझीलाई जिम्मेवारी दिएको छ । तर, उनीहरूलाई समेत थाहा नै नदिई ओली समूहले भेला राखेको स्रोतको दाबी छ ।,याे समाचार राजधानी दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top