उत्तर कोरियामा भोकमरीः अपहरण र चोरीको बिगबिगीले सर्वसाधारण आतंकित

१७ भदौ ७८, शुक्रबार

१८ भदौ, एजेन्सी ।

भोकमरीको चपेटामा परेको उत्तर कोरियामा बालबालिका अपहरण गरी ठूलो मात्रामा फिरौती रकम लिने गरेका विवरण सार्वजनिक भएका छन् । जीविकोपार्जनका लागि गरिबले धनीका सन्तान अपहरण गरेर फिरौती लिने गरेका हुन् ।

पछिल्लो एक सातामा मात्र चार जना बच्चा अपहरित भएका छन् । गत साता उत्तरी प्योङयाङको सोङचोङ जिल्लामा खोला नजिकै खेलिरहेकी एक बालिका अपहरणमा परेकी थिइन् । उनलाई एक पुरुषले अपहरण गरी ठूलो फिरौरी रकम मागेको वासिंगटन पोस्टले जनाएको छ ।

पैसाको अभाबमा बालिका अपहरण गरेको अपहरणकारीले बताएका थिए । अपहरणकारीले पाँच लाख फिरौती मागेका थिए । त्यस्तै घटना याङडोक गाँउमा भएको थियो, जहाँ अपहरणकारीले एक १० वर्षीय बालकको अपहरण गरी ठूलो रकम मागेका थिए ।

अहिले पनि उत्तर कोरियाका कतिपय क्षेत्रमा खाद्यन्न अभाब हुँदा मानिसहरु भोकमरीमा परेका छन् । भोकमरीका कारण चोरी डकैती, अपहरण जस्ता सामाजिक विकृतिका कारण उत्तरले थप चुनौती सामना गरेको छ ।

सन् १९९० को दशकमा देखिएको खडेरीपछि भोकमरी हुँदा ३० लाख उत्तर कोरियालीले अकालमा ज्यान गुमाएका थिए । खडेरीका कारण त्यहाँको खाद्यन्न वितरण प्रणाली नै तहसनहस भएको थियो भने अन्य कम्युनिष्ट मुलुकहरुले पनि खाद्यन्न आपूर्ति रोकेका थिए ।

उत्तरमाथि अन्तर्राष्ट्रिय समुदायले कडा प्रतिबन्ध लगाउँदै आएको छ । कोभिडको कारण देखाउँदै उसले सन् २०२० को जनवरीदेखि सीमाना बन्द गर्दा त्यहाँको ठूलो जनसंख्या खाद्यन्न, औषधी, इन्धनलगायत अन्य दैनिक उपभोग्यबाट बन्चित छन् । कोभिड महामारी फैलिएमा त्यहाँको स्वास्थ्य प्रणाली नै तहसनहस हुने अनुमानमा उत्तरले आफ्ना छिमेकीसँगको नाका बन्द गरेको थियो ।

विज्ञहरुले उत्तरमा अहिलेसम्म कोभिड नदेखिएको भन्ने प्योङयाङको दाबीमा सत्यता नभएको बताउदै आएका छन् । अहिलेसम्म उत्तरमा कोभिड संक्रमित भेटिएका छैनन् । चीनबाट १३ सय ५२ किलोमिटर दूरी रहेको यस मुलुकमा बारम्बार तस्करी हुने गर्छ ।

संसारबाट अलग रहेको उत्तरमा जुनसुकै बेला कोभिडको महामारी फैलिन सक्ने त्यहाँका नेता किम जोङ उनले अनुमान गरेका छन् । उत्तरले अहिलेसम्म आफ्ना नागरिकलाई कोरोनाबिरुद्ध खोप लगाउन अनुमति दिएको छैन् ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top