कांग्रेस महाधिवेशनमा तीन शक्तिको भिडन्त

१८ भदौ, काठमाडौं ।

नेपाली कांग्रेसको १४औं महाधिवेशन शुक्रबारबाट औपचारिक रूपमा सुरू हुँदैछ ।

शुक्रबार वडा तहको अधिवेशन हुँदैछ । तर, यसको सरगर्मी केन्द्रीय तहसमेत परिसकेको छ । आगामी नेतृत्वका लागि विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ र कल्याण गुरुङले सभापति पदका लागि उम्मेदवारी घोषणा गरिसकेका छन् ।

बिहीबार रामचन्द्र पौडेल समूहले पनि आफूहरुले सामूहिक नेतृत्वमार्फत एकजनालाई सभापतिमा उठाउने विश्वास दिलाउन पत्रकार सम्मेलन गरेको थियो । कोइराला र सिंह परिवारको साथमा पौडेलले बिहीबार पत्रकार सम्मेलन गरेर आफूहरूमध्येबाट एकजना सभापतिको उम्मेदवार हुने बताए ।

पत्रकार सम्मेलनमा कोइराला परिवारबाट शशांक कोइराला, शेखर कोइराला र सुजाता कोइराला र सिंह परिवारबाट प्रकाशमान सिंह तथा अर्जुननरसिंह केसी, गगन थापालालाई दायाँ बायाँ राखेर नेता पौडेलले महाधिवेशनका लागि आफूहरू एकजुट भएको सन्देश दिए ।

यस्तै शेरबहादुर देउवा पनि सभापतिमा उम्मेदवारी दिने तयारीमा छन् । हालसम्मको गतिविधि हेर्दा सभापतिका लागि आधा दर्जन नेताहरू प्रतिस्पर्धामा उत्रने देखिन्छ । तर, सघन प्रतिस्पर्धा भने तीन समूहबीच हुने देखिएको छ ।

शेरबहादुर देउवा, रामचन्द्र पौडेल र विमलेन्द्र निधि समूहबीच मुख्यतः प्रतिस्पर्धा हुने देखिएको हो । लामो समय देउवालाई साथ दिँदै आएका निधिले यसपटक आफैँ सभापति पदका लागि उम्मेदवारी घोषणा गरिसकेका छन् ।

१३औं महाधिवेशनमार्फत सभापतिमा निर्वाचित देउवा यसपटक दोहोरिने मनशायमा छन् । उता कोइराला र सिंह परिवारको साथसहित अर्जुननरसिंह केसी र गगन थापाको साथ पाएका रामचन्द्र पौडेल पनि सभापतिमा निर्वाचित हुने विश्वासमा छन् ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिकाअनुसार १८–२३ भदौसम्म वडा अधिवेशन हुनेछ । गाउँ÷नगरपालिका अधिवेशन २७ भदौमा, प्रदेश अधिवेशन १ असोजमा, संघीय निर्वाचन क्षेत्रको अधिवेशन ५ असोजमा, जिल्ला अधिवेशन १० असोजमा, प्रदेश अधिवेशन १०–१२ कात्तिक र केन्द्रीय महाधिवेशन ९–१३ मंसिरमा हुँदैछ ।

भर्खरको समाचार

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

सम्बन्धित समाचार

Scroll to Top