एमसीसीको विरोधमा अमेरिकी दूतावास अगाडि प्रदर्शन, १० जना पक्राउ

१८ भदाै, काठमाडौं ।

Advertisement

अमेरिकी सहयाेग परियोजना मिलिनियम च्यालेञ्‍ज कर्पोरेसन (एमसीसी)को विरोधमा महाराजगञ्‍जस्थित अमेरिकी दूतावास अगाडि प्रदर्शनमा उत्रिएकाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले ‘एमसीसी खारेज राष्ट्रिय अभियान’ का १० जनालाई पक्राउ गरेको हो ।

संवेदनशील क्षेत्र दूतावास अघि नाराबाजी गरिएकाले उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता रमेश बस्नेतले जानकारी दिए। पक्राउ परेकाहरुलाई प्रहरी वृत्त महाराजगञ्जमा राखिएको छ।

Advertisement

पक्राउ पर्नेहरुमा निर्ग जैसी, सम्राट थापा, जनक ढुंगानालगायत छन्। जैसी माओवादी केन्द्रको भ्रातृ संगठन अखिल क्रान्तिकारीका केन्द्रीय सदस्यसमेत हुन्।

उनीहरुले एमसीसीको विरोधमा विभिन्न प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए । एमसीसीकी उपाध्यक्ष फातेमा अर्को साता नेपाल आउँदै छिन् ।

Advertisement

उनीहरु नेपाल आउने भएसँगै सरकारले एमसीसी पारित गर्न खोजेको हो कि भनेर एमसीसीको विपक्षमा रहेकाहरुले विरोध गर्न थालेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top