विवाद बढेपछि कानुन व्यवसायीको भेलामा गएनन् ओली

१८ भदौ २०७८, शुक्रबार
Share this
791shares

१८ भदौं, काठमाडौं।

Advertisement

विवाद हुने देखिए नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पार्टी निकट कानुन व्यवसायी संगठनको भेलामा नजाने निष्कर्षमा पुगेका छन् । एमाले निकट पेशागत तथा प्रगतिशील कानुन व्यवसायी संगठन (पीपीएलए) ले ओलीलाई प्रमुख अतिथि बनाएर शुक्रबार दिउँसो २ बजेका लागि ललितपुरको च्यासलमा पुनर्जागरण भेला राखेको थियो ।

एमालेमा १० बुँदे कार्यान्वयनमा गइरहेका बेला पीपीएलएका अध्यक्ष रुद्रप्रसाद नेपाललाई थाहा नै नदिइ भेला राखेपछि विवाद भएको छ ।

Advertisement

उक्त भेलामा सहभागी भए फेरि विवाद बढ्ने भन्दै एमाले नेताहरुले नजान सुझाव दिएपछि ओलीले अन्तिम समयमा उपस्थित नहुने निर्णय लिएका हुन् । कानुन व्यवसायीहरुबीच नै विवाद भइरहेका बेला उक्त कार्यक्रममा जाँदा पार्टीमै नयाँ समस्या देखिने भएपछि ओली त्यस कार्यक्रममा नगएकाे जनाइएकाे छ । ओलीलाई एमाले नेता रघु पन्तसहितले विवाद जन्मिन सक्ने भएकाले त्यस कार्यक्रममा उपस्थित नहुन सुझाएका थिए ।

२०७५ जेठ २ अघिसम्म पीपीएलएका इन्चार्ज रहेका पन्तले भेला रोक्न भने पनि महासचिव ईश्वरी भट्टराईसहितले नरोक्ने अडान लिएका थिए । उनीहरुले अध्यक्ष नेपाललाई पनि थाहै नदिइ उक्त कार्यक्रम तय गरेका थिए ।

Advertisement

उनको सचिवालयका अनुसार आज आराम गर्ने भन्दै ओली बालकोट नै बसेका छन् । अध्यक्ष नेपालले भने पीपीएलएको अध्यक्ष आफू भएकाले २०७५ जेठ अगाडिको संरचना अनुसार कार्यक्रम हुनुपर्ने अडान लिएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top