विवाद बढेपछि कानुन व्यवसायीको भेलामा गएनन् ओली

१८ भदौं, काठमाडौं।

विवाद हुने देखिए नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पार्टी निकट कानुन व्यवसायी संगठनको भेलामा नजाने निष्कर्षमा पुगेका छन् । एमाले निकट पेशागत तथा प्रगतिशील कानुन व्यवसायी संगठन (पीपीएलए) ले ओलीलाई प्रमुख अतिथि बनाएर शुक्रबार दिउँसो २ बजेका लागि ललितपुरको च्यासलमा पुनर्जागरण भेला राखेको थियो ।

एमालेमा १० बुँदे कार्यान्वयनमा गइरहेका बेला पीपीएलएका अध्यक्ष रुद्रप्रसाद नेपाललाई थाहा नै नदिइ भेला राखेपछि विवाद भएको छ ।

Advertisement

उक्त भेलामा सहभागी भए फेरि विवाद बढ्ने भन्दै एमाले नेताहरुले नजान सुझाव दिएपछि ओलीले अन्तिम समयमा उपस्थित नहुने निर्णय लिएका हुन् । कानुन व्यवसायीहरुबीच नै विवाद भइरहेका बेला उक्त कार्यक्रममा जाँदा पार्टीमै नयाँ समस्या देखिने भएपछि ओली त्यस कार्यक्रममा नगएकाे जनाइएकाे छ । ओलीलाई एमाले नेता रघु पन्तसहितले विवाद जन्मिन सक्ने भएकाले त्यस कार्यक्रममा उपस्थित नहुन सुझाएका थिए ।

२०७५ जेठ २ अघिसम्म पीपीएलएका इन्चार्ज रहेका पन्तले भेला रोक्न भने पनि महासचिव ईश्वरी भट्टराईसहितले नरोक्ने अडान लिएका थिए । उनीहरुले अध्यक्ष नेपाललाई पनि थाहै नदिइ उक्त कार्यक्रम तय गरेका थिए ।

Advertisement

उनको सचिवालयका अनुसार आज आराम गर्ने भन्दै ओली बालकोट नै बसेका छन् । अध्यक्ष नेपालले भने पीपीएलएको अध्यक्ष आफू भएकाले २०७५ जेठ अगाडिको संरचना अनुसार कार्यक्रम हुनुपर्ने अडान लिएका छन् ।

Advertisement

भर्खरको समाचार

ब्राजिलमा २ हेलिकप्टर ठोक्किँदा अमेरिकी गायक ट्रीसहित ६ जनाको मृत्यु

Screenshot 2026-06-15 143753

नेपाल कसरी बन्दैछ खनिजको नयाँ हब? युरेनियमदेखि ग्याससम्मको योजना

fdbe43fd-b262-43e6-9414-b3b7aa0e50c5

स्टाटस लेखिदेऊ भनेका थिए ओलीले,विष्णु पौडेलले रोकेका थिए

kp-oli-sad

आज वाङ यीसँग वार्ता गर्दै परराष्ट्रमन्त्री खनाल, चार एजेन्डा

Screenshot 2026-06-15 131250

अल्टिमा लाइफस्टाइलले नेपालमा आफ्नो पहिलो कराओके स्पिकर ‘अल्टिमा बुमबक्स १३०’ सार्वजनिक गर्दै, असार २ गतेदेखि बिक्री सुरु

ultima

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

सम्बन्धित समाचार

Scroll to Top