चन्द्रागिरिमा भोलिदेखि जीपलाइन सञ्चालन हुने

१८ भदौ ७८, शनिबार

१८ भदाै, काठमाडौँ ।

काठमाडौँको चन्द्रागिरिमा भोलिदेखि जीपलाइन सञ्चालन हुने भएको छ । नेपालकै सबैभन्दा उच्च स्थानमा रहेकाे साे जीपलाइन सञ्चालनमा ल्याउन लागिएको हो ।

चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक अभिषेक विक्रम शाहले भालेश्वर मन्दिर नजिकदेखि खेल मैदानसम्म १०० मिटर जीपलाइन सञ्चालनमा ल्याउन लागिएको जानकारी दिए ।

Advertisement

यसअघि रिसोर्ट जाने पाहुनालाई मात्र केबलकारको सेवा प्रदान गर्दै आएको चन्द्रागिरि हिल्स लिमिटेडले शनिवारदेखि स्वदेशी तथा विदेशी पर्यटक समेतलाई केबलकारले सेवा प्रदान गर्ने महाप्रबन्धक शाहले बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top