काँग्रेसको वडा अधिवेशन ४० बढी जिल्लामा सम्पन्न

१९ भदौ ७८, शनिबार
Share this
665shares

१९ भदाै, काठमाडौं।

Advertisement

नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत ५६ जिल्लामध्ये ४० बढी जिल्लामा वडा अधिवेशन सकिएको छ ।

मुलुक संघीयता प्रवेश गरेपश्चात् प्रादेशिक संरचनाको अभ्यास गर्दै नेपाली कांग्रेसले १४औं महाधिवेशन अन्तर्गत क्रियाशिल सदस्यताको विवाद नभएका ४० जिल्लाका वडामा वडा अधिवेशन गरेको हो ।

Advertisement

क्रियाशील सदस्यता सूची प्राप्त भएका र आवश्यक तयारी पूरा गरिसकेका ५६ जिल्ला मध्ये करीब ४० जिल्लाका वडामा अधिवेशन सम्पन्न भएको र केही वडामा भने एकदुई दिन भित्र अधिवेशन हुने निर्वाचन कमिटीले जानकारी दिएको छ ।

वडा अधिवेशन नेपाली कांग्रेसको सबै भन्दा तल्लो तहको अधिवेशन हो । यस अधिवेशनबाट देशभरीका वडाबाट करीव ४ लाख वडा प्रतिनिधि चयन हुने छन् ।

Advertisement

वडाबाट अधिवेशनबाट चुनिएर आएका प्रतिनिधिले आफ्नो जिल्लामा केन्द्रका लागि महाअधिवेशन प्रतिनिधि र प्रदेशका लागि प्रदेश महाअधिवेशन प्रतिनिधि चयन गर्दछन् ।

कोभिडका कारण वडामा चयन हुने प्रतिनिधिबाटै नगर कमिटि प्रतिनिधि चयन गर्ने ब्यवस्था गरिएको छ । वडाबाट चयन भएका प्रतिनिधिबाट प्रत्येक प्रतिनिधिसभा क्षेत्र बराबर केन्द्रीय महाधिवेशनमा २५ जना प्रतिनिधि छानिने छ । त्यसै गरी भ्रातृ तथा शुभेच्छुक संस्थाले आफ्नो संगठनबाट पनि केन्द्रीय महाधिवेशनका लागि प्रतिनिधि लागि चयन गरिन्छ ।

करीव चार हजार ५०० बढी केन्द्रिय महाअधिवेशन प्रतिनिधिबाट कांग्रेसले नयाँ कार्यसमिति चयन गर्ने ब्यवस्था गरिएको छ । क्रियाशील सदस्यता विवाद भएका काठमाडौं लगायत २१ जिल्लाको वडा अधिवेशन हुन् । १४औँ महाधिवेशन अन्तर्गत कांग्रेसले बुधबार वडा अधिवेशन गाउँ-नगरपालिका अधिवेशन भदौ २७ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन आगामी असोज १ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन-एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज ५ गते तोकेको छ ।

यसैगरी एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन असोज १० गते, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म तय गरिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top