विङ्गर र अटो ठोक्किँदा ३ जनाको मृत्यु

१८ भदौ ७८, शनिबार

१९ भदाै, कैलाली ।

Advertisement

गए राति कैलालीको गौरीगङ्गा नगरपालिका–४ राजीपुरमा म १ ज ३१९ नम्बरको विङ्गर र से १ ह २५१० नम्बरको अटो ठोक्किएर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कैलालीको घोडाघोडी नगरपालिका–९ का २४ वर्षीय युवराज चौधरी, २६ वर्षीय भिगम चौधरी र १९ वर्षीय जितेन चौधरी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Advertisement

दुर्घटनामा थप चार जना घाइते भएका छन् । घाइते हुनेमा घोडाघोडी–९ कै अटो चालक २२ वर्षीय सुरेश चौधरी, २४ वर्षीय दीपेन्द्र चौधरी, २० वर्षीय अशान्त चौधरी र ३० वर्षीय हरि चौधरी रहेको जनाइएको छ ।

विङ्गर सहचालक कञ्चनपुरको वेदकोट नगरपालिका–१० का २५ वर्षीय धनु रावल सामान्य घाइते भएका छन् । विङ्गर चालक भने फरार रहेकाले उनको खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए ।रासस

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top