कोरोनासँग मिल्दोजुल्दो के हो स्क्रब टाइफस ?

१९ भदौ ७८, आइतबार

२० भदौ, काठमाडौं ।

कोरोना भाइरससँग मिल्जोजुल्दो लक्षण भएको ’स्क्रब टाइफस’ रोग देखिन थालेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सतर्कता अपनाउन आग्रह गरेको छ ।

अहिलेको सिजन स्क्रब टाइफस रोग फैलन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको हो । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले कोरोनासँग मिल्दोजुल्दो लक्षण भएको स्क्रब टाइफस देखिन थालेको जानकारी दिए ।

कोभिड–१९ जस्तै स्क्रब टाइफसमा मानिसलाई उच्च ज्वरो आउने, आँखा रातो हुने, खोकी, बान्ता, पेट दुखाइ र पखाला लाग्ने, सास फेर्न समस्या हुनु, धेरै टाउको दुख्नु, जोर्नी र मांसपेशी दुख्नु, बिमिरा देखिनु, टोकेको ठाउँमा कहिलेकाहीँ कालो दागजस्ता लक्षण देखिने गर्छन् ।

डा. अधिकारीले मानिसले पछिल्लो समय कोरोनालाई खासै वास्ता नगरेको र लक्षण देखिहालेमा अन्य कामलाई बाधा हुने डरले परीक्षण नगराउने गरेको जानकारी दिए । उनले कोरोना हो भनेर बसेमा स्क्रब टाइफस हुने र त्यसले अन्य अङ्गलाई असर गर्ने हुँदा परीक्षण गर्न सुझाव दिए ।

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले स्क्रब टाइफस ’ओरिन्सिया सुसुगामासी’ जीवाणुले सङ्क्रमित एकप्रकारको सानो किर्नाको टोकाइबाट मानिसमा सर्ने रोग भएको जानकारी दिँदै यसले मस्तिष्क, कलेजो, फोक्सोमा सङ्क्रमण हुने बताए ।

स्क्रब टाइफस रोग समयमै पहिचान भएमा औषधि सेवन गर्दा निको हुने र हेल्चेक्र्याइँ गरेको अवस्थामा मृत्युसम्म गराउन सक्ने चेतावनी दिइएको छ । स्वास्थ्य मन्त्रालयले स्क्रब टाइफस रोगको लक्षण कोरोना भाइरससँंग मिल्दोजुल्दो भएकाले कोरोना परीक्षण गर्दा नेगेटिभ आए पनि स्क्रब टाइफसको परीक्षण गर्न अनुरोध गरेको छ ।

स्क्रब टाइफस रोग मुसाका कान वा अन्य जीवजन्तुमा हुने सङ्क्रमित किर्नाले मानिसलाई टोकेपछि सर्ने गर्छ । सहप्रवक्ता डा. अधिकारीले समयमै रोगको पहिचान गरी औषधि सेवन गरे रोग निको हुने जानकारी दिए ।

स्क्रब टाइफसबाट बर्सेनि मानिसको मृत्यु हुने गरेको छ । सरुवा रोग विशेषज्ञ डा. वासुदेव पाण्डेले विशेषतः मुसा बढी भएका ठाउँमा स्क्रब टाइफसको जोखिम बढी हुने जानकारी दिए ।

भर्खरको समाचार

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

सम्बन्धित समाचार

Scroll to Top