×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

झापाका ५५ वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व

२० भाद्र २०७८

२० भदौ, झापा ।

नेपाली काङ्ग्रेसको आसन्न १४ औं महाधिवेशन अन्तर्गत जिल्लामा ५५ वडामा सर्वसम्मत नेतृत्व चयन भएका छन् ।

Advertisement
Advertisement

पार्टीका जिल्ला प्रचार विभागका प्रमुख कृष्ण हुमागाईका अनुसार १३१ वटा वडामध्ये ती वडामा क्षेत्रीय प्रतिनिधि र वडा कार्य समिति सर्वसम्मत चुनिएको र अन्य वडामा अधिवेशन जारी रहेको छ । यहाँ ३३ हजार बढी क्रियाशील सदस्य छन् ।

जिल्ला सभापति पदमा उम्मेद्वारी घोषणा गरेका राम कट्टेल क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत चयन भएका छन् । मेचीनगर वडा नं. १० बाट उनीसहित सबै ८० क्षेत्रीय प्रतिनिधि र वडा कार्यसमिति सर्वसम्मत निर्वाचित हुनुभएको प्रचार प्रमुख हुमागाईले बताए । नेता कट्टेल हाल पार्टीको जिल्ला उपसभापति छन् ।

मेचीनगरका ८ , बुद्धशान्तिका४ , विर्तामोडका ६, अर्जुनधाराका ५, कनकाईका ४ , झापा गाउँपालिकाका ७ , शिवसतासीको ३ , कमलको १, गौरादहको २ , गौरीगञ्जका २ , भद्रपुरका ३ , बाह्रदशीका ४ वडामा सबै पदमा निर्विरोध निर्वाचन सम्पन्न भएको हो ।

Advertisement

क्षेत्र नं–१ को मेचीनगरमा ६, ७, ८, ९, १०, ११, १२ र १५ नं वडामा वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि सर्वसम्मत चयन भएको जनाउँदै अन्य वडामा समेत सहमतिको प्रयास भइरहेको १ नं क्षेत्रीय सभापति मणि उप्रेतीले जानकारी दिए ।

भर्खरको समाचार

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

सम्बन्धित खबरहरु

Scroll to Top