२० भदौ, काठमाडौं ।
काठमाडौको दरबारमार्गमा रहेको एउटा पसलमा आगलागी भएको छ ।
गएराति १० बजे बिजुलीको तार सर्ट हुँदा काठमाण्डौको तारकेश्वर नगरपालिका–८ की पवित्रा बस्नेतले सञ्चालन गरेको पसलमा आगो लागेको प्रहरीले जनाएको छ ।
आगलागीका कारण सात लाख रुपैयाँ बराबरको नोक्सानी भएको छ ।
आगो राति नै निभाइएको प्रहरीले जनाएको छ ।