जयसिंह घटनाबारे एकीकृत समाजवादीको ध्यानाकर्षण, समस्याको यथाशीघ्र समाधान गर्न माग

Share this
735shares

२० भदौ, काठमाडौं ।

Advertisement

नेकपा (एकीकृत समाजवादी)ले दार्चुलाका जयसिंह धामी बेपत्ता भएको घटनामा ध्यानाकर्षण भएको जनाएको छ । कूटनीतिक मर्यादा बाहिर गएर कुनै पनि संस्था एवम् व्यक्तिलक्षित नकारात्मक काम नगर्न समेत अनुरोध गरिएको छ।

’एकीकृत समाजवादी संयुक्त राष्ट्रसंघको वडापत्र, पञ्चशील र असंलग्नतामा आधारित नेपालको विदेश नीतिको अनुशरण र पारस्परिक सम्मानका आधारमा विश्वका साना ठूला सबै राष्ट्रसँग आपसी सम्बन्धको विकासमा विश्वास गर्दछ’, आइतबार सामाजिक सञ्जालमा जारी विज्ञप्तिमा भनिएको छ ।

Advertisement

राष्ट्रिय हित, सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वाधिनता जस्ता विषयमा कुनै किसिमको सम्झौता गर्न नसक्ने समाजवादीले भनेको छ।

’केही समयअघि महाकालीमा भएको जयसिंह धामीको बेपत्ता प्रकरण, नेपाली क्षेत्रमा भारतीय हेलिकोप्टरको गस्ती जस्ता विषयहरूबारे नेपाल सरकारले पर्याप्त कूटनीतिक पहलकदमी गरी सत्य तथ्यको आधारमा यथार्थ के हो?’, समाजवादीले भनेको छ।

Advertisement

सम्बन्धित देशसँग द्विपक्षीय वार्ताको माध्यमबाट समस्याको यथाशीघ्र समाधान गर्नुपर्दछ भन्ने एकीकृत समाजवादीको धारणा रहेको बताइएको छ।

’यसमा नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै कूटनीतिक मर्यादा बाहिर गएर कुनैपनि संस्था एवम् व्यक्तिलक्षित नकारात्मक काम नगर्न सम्बन्धित सबैमा अनुरोध छ’, विज्ञप्तिमा भनिएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top