नेपालविरुद्ध भारत : ‘प्लेयर्स टु वाच’

१९ भदौ ७८, आइतबार

२० भदौ, काठमाडौं ।

Advertisement

नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण खेल आज हुँदैछ । आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल साँझ साढे ५ बजे सुरु हुनेछ ।

पहिलो खेलमा बिहीबार दुबै टोलीले एक एक गोलको बराबरी खेलेका थिए । नेपालका अन्जन बिष्टले भारतीय डिफेण्डर र गोलरक्षक गूरप्रीत सिंह सन्धुबीचको समन्वय अभावको फाइदा लिँदै बल खोसेर खाली पोष्टमा गोल गरेका थिए ।

Advertisement

यता, भारतका अनरिद्ध थापाले गोलरक्षक किरण कुमार लिम्बु (चेम्जोङ) ले पन्च गरि क्लियर गर्न नसकेको बललाई गोल लाइन कटाएका थिए ।

भारतीय कप्तान सुनिल क्षेत्रीले डिबक्स बाहिरबाट प्रहार गरेको बल गोलरक्षक किरणले पन्च गरेका थिए । जुन बल गोल लाइनमा ड्रप हुन नपाउँदै दोस्रो हाफमा मैदान प्रवेश गरेका थापाले बराबरी गोल फर्काएका हुन् ।

Advertisement

भारत र नेपालबीचको दोस्रो मैत्रीपूर्ण खेलअघि न्युज कारखानाले प्लयर्स टु वाच तयार पारेको छ । ‘प्लेयर्स टु वाच’ मा नेपालका कप्तान किरण कुमार लिम्बु (चेम्जोङ) र भारतीय टोलीका कप्तान सुनिल क्षेत्री रहने छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top