‘निजामती सेवा ऐन खोइ ?’ भन्दै माइतिघरमा प्रदर्शन

‘निजामती सेवा ऐन खोइ ?’ भन्दै माइतिघरमा प्रदर्शन

२० भदौ, काठमाडौं ।

निजामती सेवा ऐन जतिसक्दो छिटो ल्याएर निजामती प्रशासनलाई थप व्यवस्थित र चुस्त बनाउनुपर्ने भन्दै स्वतन्त्र निजामती कर्मचारी अभियान संघर्ष समितिले प्रदर्शन गरेको छ ।

निजामती सेवा ऐन खोइ भन्दै संघर्ष समितिले अभियानका रुपमा काठमाडौँको माइतिघरमा प्रदर्शन गरेको हो । यसअघि समायोजन ऐन ल्याएर आफुहरुलाई विभिन्न स्थानमा पठाएको र अन्यौलमा पठाएको भन्दै समायोजन ऐन सच्चाएर निजामती सेवा ऐन ल्याउनुपर्ने उनीहरुको माग छ ।

कर्मचारी अभियान संघर्ष समितिका संयोजक पशुपति पोखरेलले निजामती कर्मचारीको समस्या समाधानका लागि ध्यानाकर्षण गराउन अभियान चलाएको बताए । उनले निजामती सेवा ऐन जतिसक्दो छिटो ल्याउनुपर्ने आफुहरुको माग रहेको जानकारी दिए ।

यसअघि शनिबार नै नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसको कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीय निजामती सेवा ऐन जतिसक्दो छिटो ल्याउने बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.