प्रदेश २ मा नेकपा एस एमालेभन्दा ठुलो

प्रदेश २ मा नेकपा एस एमालेभन्दा ठुलो

२० भदौ, जनकपुरधाम ।

एमालेका थप दुई प्रदेश सांसदले नेकपा एकीकृत समाजवादी रोजेका छन् ।

आइतबार एमालेका प्रदेशसभा सदस्यद्वय सुन्दरबहादुर विश्वकर्मा र सीता गुरुङले एकीकृत समाजवादीमा सनाखत गरेका हुन् । योसँगै प्रदेश २ मा समाजवादीको सांसद संख्या १३ पुगेको छ ।

जनकपुरस्थित प्रदेश २ को निर्वाचन कार्यालयमा पुगेर उनीहरूदे एकीकृत समाजवादीका पक्षमा सनाखत गरेका हुन् । ११ जना सांसदले बिहीबार नै सनाखत गरेका थिए ।

प्रदेश २ मा एमालेका २१ सांसद थिए । १३ जना एकीकृत समाजवादीमा आबद्ध भएपछि अब एमालेसँग आठ सांसद मात्र छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.