एमसीसी संशोधन नगरी सम्झौता गर्नेहरु राष्ट्रघाती हुनेछन् : भीम रावल

एमसीसी संशोधन नगरी सम्झौता गर्नेहरु राष्ट्रघाती हुनेछन् : भीम रावल

२० भदौ, काठमाडौं ।

नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले एमसीसी परियोजना संशोधन नगरी सम्झौता गर्नेहरु राष्ट्रघाती हुने बताएका छन्।

एमसीसी सम्झौतालगायतका समसामयिक विषयमा राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संशोधन नगरी सम्झौता भएमा त्यो राष्ट्रघात हुने र त्यो गर्नेहरु राष्ट्रघाती हुने बताएका हुन्।

‘नेपालको राष्ट्रिय हितका विषयमा कुरा गर्दा सूचना जारी गरेर धम्की दिने?,’ उनले भने, ‘दार्चुलाका जयसिंह धामीको घटनामा एउटा कूटनीतिक नोटसमेत जारी गर्न नसक्ने यो सरकारको नालायकी पन हो। लेख्न र भन्न नसक्नेले कसरी देश हाँक्छु भनेर भन्न सक्छन्?’

राष्ट्रघाती सम्झौताका बारेमा बोल्दा बोल्न पाइँदैन भनेर गृह मन्त्रालयले सूचना जारी गरेर कसको दलाली र चाकरी गर्न खोजेको? भन्दै उनले प्रश्न गरे।

‘बालुवाटारमा शेरबहादुर देउवा मस्त निदाइरहनुभएको छ,’ उनले भने, ‘देउवा, प्रचण्ड र भर्खरै पार्टी खोलेर देश हाँक्छु भन्ने माधव नेपालको घाँटीमा कुन शक्तिले अठ्यायो।’

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.