कांग्रेसको वडा अधिवेशन : गण्डकीका ९ जिल्लामा सकियो, बागलुङ र नवलपुरमा सोमबार

२० भदौ, पोखरा ।

१४औं महाधिवेशनको संघारमा रहेको नेपाली कांग्रेसले गण्डकीका ११ मध्ये नौ जिल्लामा शुक्रबार र शनिबार वडा अधिवेशन भएका छन् भने दुई जिल्लामा सोमबार हुँदै छ ।

७५९ वडा रहेको गण्डकीमा नवलपुरका ९२ र बागलुङका ८५ वटाबाहेक सबैजसो वडाको नतिजा आइसकेको छ । धेरैजसो वडामा सर्वसम्मत नेतृत्व चयन भएको निर्वाचन अधिकृतहरूले बताएका छन् । पोखरा– २० को अधिवेशन बाढीपहिरोका कारण २२ भदौका लागि सारिएको छ ।

नवलपुरमा पनि जताततै बाढी र पहिरोले अवरोध गरेका कारण स्थगित गर्नुपरेको नेपाली कांग्रेस जिल्ला सभापति विष्णुप्रसाद लामिछानेले बताए ।

‘बाढीपहिरोले गाउँ छिर्न समस्या छ । अहिले पनि तीनवटा गाउँपालिकाका मतदान अधिकृतलाई हिँडाएरै पठाएका छौँ’, उनले भने, ‘२१ गते नै सबै वडाको नतिजा आउँछ । धेरैले सर्वसम्मत चयन गर्छन् ।’

सबैभन्दा धेरै वडा रहेको स्याङ्जाका ९७ मध्ये ८४ वटा वडामा सर्वसम्मत कार्यसमिति चयन भएको छ । केही वडाको निर्वाचन परिणाम अझै आउन बाँकी छ । मनाङमा भने वडासँगै जिल्ला नेतृत्वसमेत टुंग्याइएको छ । यद्यपि, परिणाम घोषणा हुन भने बाँकी छ ।

१४औँ महाधिवेशनमा मनाङ कांग्रेसले नेपालमै सबैभन्दा पहिलो सभापति दिएको हो । शंकर गुरुङलाई सभापति बनाउने निर्णय गरिएको सचिव सुरेन्द्र गुरुङले जानकारी दिए ।

‘हाम्रोमा कहिल्यै मतदान गर्नुपर्दैन सर्वसम्मत रुपमै पार्टी चल्छ’, उनले भने, ‘सानो जिल्ला छ । मतदानमा गयो भने झन् विभाजन हुन सक्छ । त्यसैले सहमतिमै नेतृत्व हस्तान्तरण हुन्छ ।’ उनका अनुसार सबै पालिकाको नेतृत्व पनि करिव सहमति नजिक छ । यहाँको वडा तहमा सर्वसम्मत नेतृत्व टुंग्याइएको हो ।

पोखरा– २६ मा पुनः मतदानको माग

पोखरा– २६ मा पुनः निर्वाचन गराउन माग गर्दै केही क्रियाशील सदस्यहरूले निर्वाचन अधिकृतलाई निवेदन दिएका छन् । अधिवेशनमा धेरै क्रियाशील सदस्यलाई सूचना नदिइएको भन्दै उनीहरूले अधिवेशन बदर गराउन माग गरेका छन् ।

‘दुई जना जिल्ला सचिव भएको वडा हो यो । तर, यहीँका क्रियाशील सदस्यले वडा चुनावबारे थाहै पाएनन्’, एक सदस्य सुदीपराज ढुंगानाले भने, ‘यो अधिवेशनको निर्णय हामीलाई मान्य छैन ।

चुनाव पुनः हुनुपर्छ ।’ वडाका आठ जना क्रियाशील सदस्यहरूले केन्द्रीय कार्यसमिति र निर्वाचन समितिलाई बोधार्थ पठाएर उजुरी दिएका हुन् ।

वडा अधिवेशन सकिएसँगै २७ भदौमा पालिकास्तरीय अधिवेशन हुनेछ । गण्डकीमा ८५ वटा स्थानीय तह छन् । त्यसमा वडा अधिवेशनबाट निर्वाचित क्षेत्रीय प्रतिनिधिले मतदान गर्नेछन् ।

क्षेत्रीय प्रतिनिधि निर्वाचित भएसँगै विभिन्न पालिकामा दाकेदारी प्रस्तुत हुन थालेका छन् । केहीले उम्मेदवारी सार्वजनिक गरिसकेका छन् भने कसैले आन्तरिक लविइङ गरिरहेका छन् ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top